Kriti-Sanon

फिल्म ‘दिलवाले’को अनुभव कस्तो रह्यो?

अनुभव रमाइलो रह्यो। हामीले फिल्मका लागि लामो सुटिङ गरेका थियौँ। आफ्नो दोस्रो फिल्ममा नै यति ठूला स्टारसँग काम गर्दा म अलि नर्भस थिएँ। किनकि, यी सबै अनुभवी कलाकार हुन्। र, म एउटा फिल्ममात्रै गरेको मान्छे उनीहरूसँग काम गर्दै थिएँ। सधैँ यही कोसिस गर्थें कि मेरा कारण कुनै समस्या नहोस् वा मेरा कारण कसैले रिटेक नदिनुपरोस्। यो मेरा लागि सिकाइ काल रह्यो। सेटमा हामी परिवारजस्तै बस्थ्यौँ।

शाहरुख र काजोलबाट के सिक्नुभयो?

कुनै एउटामात्रै गुण भन्नु मेरा लागि मुस्किल छ। किनकि, कुनै सिनियरसँग धेरै समयसँग बस्दा उनीहरूबाट धेरै कुरा सिकिन्छन्। हामीलाई थाहा पनि हुँदैन, हामी के सिकिरहेका छौँ भनेर। कुनै एउटामात्र गुणको कुरा गर्ने हो भने यति ठूला स्टार भए पनि उनीहरूमा कुनै बदलाव आएको छैन। कामका लागि उनीहरूको लगाव तारिफयोग्य छ। उनीहरूले काम गरेको २०/२५ वर्ष भइसक्यो तर पनि उनीहरू सधैँ केही न केही नयाँ र अलग गर्ने सोच लिएर आउँछन्। कामप्रति उनीहरूको लगाव र ऊर्जाले यो महसुस गराउँदैन कि हामी जुनियर हौँ र उनीहरू सिनियर।

तपाईं साधारण परिवारसँग सम्बन्धित हुनुहुन्छ। तपाईंको घरमा फिल्मी माहोल पनि छैन। जब तपाईंले शाहरुख र काजोलसँग स्त्रि्कन सेयर गर्ने कुरा घरमा भन्नुभयो त उनीहरूको प्रतिक्रिया के रह्यो?

मेरी आमा हरेक कुराबारे धेरै सोच्नुहुन्छ। यही गुण मैले उहाँबाट पाएँ। आमा उत्साहित हुनुको साटो चिन्तित हुनुभयो। उहाँलाई टेन्सन भयो, शाहरुखसँग सिन गर्दा कतै म नर्भस नहोऊँ। मेरा बुबा पनि शान्त भए। परिवारले गर्व त महसुस गर्‍यो नै। आफन्तले पनि फोन गर्न थाले। कतिपय त घरमा फोन गरेर शाहरुखसँग भेटाउने आग्रह गर्न थाले। प्रमोसनका लागि दिल्ली जाँदा मैले केही आफन्तलाई भेटाएकी पनि थिएँ।

तपाईंले अभिनय गर्ने कुरा गर्दा अभिभावकको प्रतिक्रिया के रह्यो?

मेरो अभिभावक सहयोगी हुनुहुन्छ। उहाँहरूले मलाई कहिल्यै कुनै कामका लागि रोकेनन्। मेरो बुबा अलि डराउनुभएको थियो। किनकि, फिल्म उद्योगमा साधारण परिवारको छवि राम्रो छैन। एकपटक फिल्म पाइयो भने अर्को कहिले पो पाइएला। पाइएला कि नाइँ कुनै ग्यारेन्टी भएन। उहाँ चाहनुहुन्थ्यो कि म कुनै ब्याकअप पनि आफूसँग राखुँ। त्यसैले मैले जी–म्याटको परीक्षा दिएँ र राम्रो अंक ल्याएँ। जी–म्याटका अंक अर्को वर्षसम्म काम लाग्छन्। पाँच वर्ष पूरा भएको छैन। मैले यो परीक्षा एक तेलगु फिल्मको फर्स्ट सेड्युलको दुईमहिने ग्यापमा सकेकी थिएँ। यसैबीच मैले ‘हिरोपन्ती’ साइन गरेकी थिएँ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *