PSY

युट्युब संसारको सबैभन्दा बढी हेरिने भिडियो साइट हो। एक सय करोड मानिस युट्युब प्रयोग गर्छन्। युट्युब प्रयोग गर्ने आधा मानिसले स्मार्टफोनमा पनि भिडियो हेर्छन्। कतै तपाईंका भिडियो पनि युट्युबमा भाइरल बन्ने त होइन? यसबारे पनि तपाईंले जानकारी लिन सक्नुहुन्छ।

सन् २०१५ को अन्त्यतिर युट्युबमा हरेक मिनेट चार सय घण्टाको भिडियो अपलोड हुन्थ्यो। यदि तपाईं पनि कुनै भिडियो अपलोड गर्दै हुनुहुन्छ भने तपाईंले पनि सय करोड मानिसबीच आफ्नो सूचना प्रवाह गर्न सक्नुहुन्छ। तर, सबैमाझ छाउनलाई भिडियो एक्स्ट्रा भने हुन जरुरी छ। जसले आममानिसको मनलाई छुन सकोस्।

कोरियन पपस्टारको ‘गंगनम स्टाइल’ गीत संसारभरका जनताले २ सय ५० करोडपटक हेरे। यो भिडियो युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी  हेरिएको भिडियो बनेको छ। त्यसअघि युट्युबमा जम्मा २ सय १४ करोडपटकमात्र गन्ती गर्न सकिन्थ्यो। तर, यो भिडियोको हिट्स एकाएक बढ्दै गएपछि युट्युबले गन्तीको सीमा बढाएको थियो। यो गीतबाट आम प्रयोगकर्ताले मजा उठाउन भन्नकै लागि युट्युबले यसको गन्ती सीमा बढाएको थियो।

म्युजिकभन्दा बाहिर सबैभन्दा बढी भ्यु हुने भिडियो दुई बच्चाको हो। यी दुई बच्चालाई देखेेर तपाईं नहाँसी बस्न सक्नुहुन्न। यो भिडियो संसारभर ८३ करोडपटक हेरिएको छ।

भिडियो सर्वाधिक हेरिएपछि युट्युबले बनाउने युजरलाई पैसा पनि प्रदान गर्छ। युट्युबले अन्जानमा तपाईंको लागि रकम पनि जम्मा गरिरहेको हुन्छ। पछिल्लो दशकमा युट्युब एउटा डेटिङ वेबसाइटको रूपमा सुरु गरेको थियो। जसको नाम ‘ट्युन इन हुक थियो।

युट्युबलाई जावेद करिम, स्टिव चेन र चैड हर्लेले सुरु गरेका हुन्। यसमा सन् २००५ को अप्रिल २३ मा पहिलेपटक भिडियो अपलोड गरिएको थियो। जुन जावेदको भिडियो थियो। एक वर्षमै युट्युबको लोकप्रियता आकाशियो। यसको लोकप्रियता देखेरै गुगलले ११ हजार करोड रुपैयाँभन्दा बढीमा किन्यो।

सन् २०१४ मा गरिएका अनुसन्धानअनुसार अमेरिकाका ७७ प्रतिशत मानिसले फेसबुक चलाउँछन् जबकि ६३ प्रतिशत मानिस युट्युब हेर्छन्। ट्वीटर र गुगल प्लस यी दुईभन्दा धेरै पछाडि छ। ब्यान्डविथको सुधारसँगै भिडियो सेयरिङको गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *