Maghi in qatar 03

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले माघी पर्व– २०१६ भव्यताका साथ मनाएको छ । सल्वारोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा नेपालबाट आएका तिन कलाकारहरुको साथमा माघी महोत्सव सम्पन्न भएको छ । अन्जनी कुमार थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतार स्थित नेपाली दुतावासका द्वितिय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अर्यालले संस्कारलाई परिस्कृत गर्ने उद्धेश्यका साथ यस्ता कार्यक्रमको आयोजना गरिनु पर्ने बताउदै शुभकामना दिए । कार्यक्रममा उनलाई थारुहरुको सँस्कार अनुरुप पगडी गुताएर आयोजकले स्वागत गरेका थिए ।
अतिथी कलाकारहरु रिशिका चौधरी , प्रेमशिला चौधरी र सिता चौधरीले थारु सँस्कृती झल्कीने प्रस्तुती राखेका थिए । उनीहरुलाई कार्यक्रमको शुरुवादमा सम्मान गरिएको थियो । थारु कल्याणकारिणी सभा कतार च्याप्टर अन्तरगतको साँस्कृतीक समुहले ‘सब जाती भाषाभाषीको हम स्वागत करती’ थारु भाषाको स्वागत गीत गाएर उपस्थित दर्शकहरुलाई स्वागत गरे । कार्यक्रममा सिता चौधरी , पार्वती चौधरी , मिरा चौधरी , मन्जु चौधरी , रिशिका चौधरी , प्रेमशिला चौधरी , घनश्याम चौधरी लगायतका कलाकारहरुले थारु सँस्कती झल्कीने प्रस्तुतीसँगै कार्यक्रममा रौनक छायो ।

Maghi in qatar 01

कार्यक्रममा ‘माघी मेला भेट हुई बेला , कन्चनपुर मे’ बोलको गीतमा स्थानीय कलाकारहरु प्रवेश चौधरी , पार्वती चौधरी ,र निरा चौधरीले नृत्य प्रस्तुत गरे । कार्यक्रमा ‘ आदिबासी थारु हाम धर्ती पुत्र’ , थारु पौराणिक गिता ‘धुर्मा’, ‘बठनिया हो ’ , ‘रुपकी खानी , प्रियाकी रानी मस्त जवानी’ , ‘स्रोह सालकी जवानी हमरे’ , ‘तोरा’ , ‘ढोका खोल न पुष्टेकी आमा’ जस्ता गीतमा अतिथी कलाकार तथा कतारमा रहेका स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
व्यानर अनावरण , दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई शान्ती चोधरीले स्वागत मन्तव्य राखेकी थिईन । स्वागत मन्तव्य राख्दै उनले नयाँ बर्ष २६१० को शुभकामना दिएकी थिईन् । नेपालमा लगभग २५ लाख थारु जातीहरु बसोबास गर्ने बताउदै उनले माघी पर्वलाई साझा पर्वको रुपमा मनाउदै आएको बताईन ।

सन् २००९ देखी कतारमा समेत माघी पर्व मनाउदै आएको उनले स्मरण गरिन । कार्यक्रमको बारेमा प्रष्ट पार्दै संस्थाका उपसभापती सतनारायण चौधरीले थारुहरु कृषिमा निर्भर भएको हुदा माघ सम्ममा खेतीबाली भित्राई खुसीयालीको रुपमा माघी पर्व मनाउने गरेको बताए । कार्यक्रममा विशेष अतिथी गैर आवासीय नेपाली संघ , राष्ट्रिय सम्वन्य परिषद कतारका निर्वतमान अध्यक्ष मक्सुद आलमलाई सफल कार्यकाल सम्पन्न गरेको भन्दै सम्मान गरियो ।

Maghi in qatar 02]

थारु चलनचल्ती अनुसार पगरी गुताएर सम्मान पत्र दिईएको थियो । कार्यक्रममा आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष सियाराम चौधरी , एनआरएनए आईसीसी सदस्य हंशराज ढकाल क्षेत्री , एनआरएनए कतारका अध्यक्ष विनेश तामाङ्ग , थारु कल्याणकारीणी सभाका संरक्षक सिताराम चौधरी , प्रमुख सल्लाहकार दिलिप कुमार चौधरी , प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरी गैह्रे , जनप्रगतीशिल मन्चका रकमध्वज राई , तमलोपाका हुसेन खान , तमु समाजका कृष्ण गुरुङ्ग , मगरसंघका महेन्द्र मगर , नेपाल एयरलाईन्सका कन्ट्री म्यानेजर टंक दाहाल , समाजसेवी कमलमणी गुरागाई , दिलकिरण खजुम , चानक पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा थारु परिकार तिलको लड्डु लगायतको भोजनको समेत व्यवस्था थियो । थारु जातीहरुले माघ १ गते दखी पाँच दिन सम्म मनाउने पर्वलाई कतारमा पनी भव्यताका साथ मनाईएको हो । प्रवासमा रहेर थारु कल्याणकारी सभाले आफ्नो सँस्कृतीको जर्गेना गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको थियो । थारु समुदायले सुर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गतेलाई नयाँ बर्ष समेत मान्ने गरेको छ । भुमिपुत्रको रुपमा मानिने जनजाती मध्येका थारुहरुले बार्षिक कार्ययोजनाका तय गर्दै धुमधामका साथ स्नान , दान , एवम खानपिन र रमाईलो गरेर हर्षोउल्लासपुर्वक माघी पर्वलाई माघी महोत्सवका रुपमा मनाउदै आएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *