Maghi Khulamanch 02

थारु युवाहरुको सक्रियतामा यस वर्ष खुलामञ्चमा माघी महोत्सव मनाइयो। यसअघि थारु कल्याणकारिणी सभा उपत्याका समितिको संयोजनमा माघी महोत्सव मनाइए पनि प्रमुख अतिथि र पारदर्शिताको सबालमा युवाहरुसँग कुरा नमिल्दा दुई ठाउँमा महोत्सव आयोजना भएको थियो। थारु विद्यार्थी नेता चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा खुलामञ्चमा महोत्सव आयोना भयो। महोत्सव करिब २५ हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ।

थारुको नयाँ वर्ष माघ १ गते राजधानीबासी थारुले महोत्सवको रुपमा मनाउँदै आएको छ। गत शुक्रबार युवाहरुले भृकुटिमण्डपबाट झाकी र्‍याली निकाले थिए। थारु पहरिनमै युवाहरु झाकीमा सहभागी थिए। टुडिखेल हुँदै खुलामञ्च आइपुग्दा कलाकारहरुले थारु संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्‍घाटन पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले गरेका थिए। संयोजक चन्द्रप्रसाद चौधरीकै सभापतित्वमा भएको उद्‍घाटन समारोहमा मधेसी नेताहरु हृदयश त्रिपाठी, लक्ष्मणलाल कर्ण पनि सहभागी थिए। कार्यक्रममा पहिचानका लागि लड्दै आएका जनजाति नेताहरु पनि उपस्थित थिए।

त्यस्तै थारु सांसदहरु तेजुलाल चौधरी, गंगा थारु पनि समारोहमा सहभागी थिए। त्यस्तै अधिकारकर्मी विजयकान्त कर्ण र सुरेन्द्र चौधरी पनि समारोहमा उपस्थित भए।

थरुहट थारुवान संयुक्त संघर्ष समितिबाट शैलेन्द्र चौधरी र रमेश चौधरी पनि उपस्थित थिए। उपस्थित सबै नेताहरुले पहिचान र अधिकारको लडाइँबाट पछि हट्न नहुने जिकिर गरेका थिए। सहभागी नेताहरुले थारु आन्दोलनलाई सफल बनाउन र त्यसभित्रका खराब तत्वहरुलाई हटाउन युवाहरु सक्रियरुपमा आउनुपर्ने बताए। थरुहट तराई पार्टी नेपालका सचिव मीनराज चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

महोत्सवमा चम्पन संस्कृतिक समूहको बेजोड प्रस्तुती रहेको थियो। सो समूहले थारुहरुको प्रख्यात थारु लाठी नृत्य प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रमको सञ्चालन दोषहरण चौधरीले गरेका थिए।

भिडियो हेर्नुस्:

Maghi Khulamanch 50

Maghi Khulamanch 49

Maghi Khulamanch 48 copy

Maghi Khulamanch 47

Maghi Khulamanch 46

Maghi Khulamanch 45

Maghi Khulamanch 44

Maghi Khulamanch 43

Maghi Khulamanch 42

Maghi Khulamanch 41

Maghi Khulamanch 38

Maghi Khulamanch 16

Maghi Khulamanch 15

Maghi Khulamanch 14

Maghi Khulamanch 13

Maghi Khulamanch 01

 

Maghi Khulamanch 02

Maghi Khulamanch 12

Maghi Khulamanch 11

Maghi Khulamanch 10

Maghi Khulamanch 09

Maghi Khulamanch 07

Maghi Khulamanch 06

Maghi Khulamanch 04

Maghi Khulamanch 39

Maghi Khulamanch 40

Maghi Khulamanch 37

Maghi Khulamanch 36

Maghi Khulamanch 33

Maghi Khulamanch 34

Maghi Khulamanch 32

Maghi Khulamanch 31

Maghi Khulamanch 30

Maghi Khulamanch 29

Maghi Khulamanch 28

Maghi Khulamanch 27

Maghi Khulamanch 25

Maghi Khulamanch 23

Maghi Khulamanch 22

Maghi Khulamanch 21

Maghi Khulamanch 20

Maghi Khulamanch 19

Maghi Khulamanch 18

Maghi Khulamanch 17

Maghi Khulamanch 05

Maghi Khulamanch 03

Maghi Khulamanch 24

Maghi Khulamanch 26

Maghi Khulamanch 08

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *