Magh UAE 2

थारु नेता राजकुमार लेखी माघी पर्वमा सहभागी हुन दुबई पुगेका छन्। प्रवासी थारु समाज युएईको निम्तोमा उनी दुबई पुगेका हुन्। शुक्रबार बरदुबईस्थित एभरेस्ट इन्टरनेशनल होटलमा आयोजना हुने माघी पर्वमा उनी प्रमुख अतिथि बन्ने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। लेखीसँगै गायक सन्जय थारु पनि दुबई पुगेका छन्। उनले गीतमार्फत् माघी पर्वलाई रौनकता प्रदान गर्ने आयोजकले जनाएको छ।

बुधबार लेखी र चौधरीलाई प्रवासी थारु समाजका तर्फबाट नेत्र थनेत, अध्यक्ष किशोर चौधरी, महासचिव मान महतो, सचिव रुपेश चौधरीलगायतले स्वागत गरेका थिए। लगत्तै थारु प्रवासी समाजको आयोजनामा परिचायत्मक कार्यक्रम भएको थियो।

Maghi UAE

माघी पर्व समापनपछि लेखीले नेपाल आदिवासी जनजाति महासंघ युएईको पाँचौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन एभरेष्ट होटलमा आयोजित रात्रि भोज आयोजना गरिएको छ। भोलिपल्ट शनिबार महासंघकै अगुवाईमा नेपालको राजनीतिमा बृहत् अन्तक्रिया हुने युएईका अध्यक्ष डिआर गुरुङले जानकारी दिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *