Australia-ma-pradarshan

अष्ट्रेलियाको विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन गरेका हुन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीआबद्ध विभिन्न संघ संस्थाहरुको आयोजनामा प्रदर्शन भएको छ । प्रदर्शनका सहभागीहरुले मधेशमा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर नरहेको, आन्दोलनकारीलाई समातेर गोली हानी मारिएको जस्ता आपराधिक क्रियाकलापमा सरकार लागेकोले सरकारको कदमको विरोध गरेका थिए ।

उनीहरुले मधेश आन्दोलन सुरु भएको ११३ दिन बितिसक्दा पनि सरकारबाट आन्दोलनरत पक्षसँग वार्ताको कुनै ठोस पहल नभएको र आन्दोलनको क्रममा मानव अधिकारको न्युनतम मापदण्ड समेत नअपनाइएकोले मानवअधिकार रक्षाको लागि पहल गरिदिन मानवअधिकारवादी संघसंस्थाहरुसँग अनुरोध गरेका छन् ।

कार्यक्रमका सहभागीहरुले मधेशी, जनजाति, थारुलगायतका समुदायको समस्या देशको आन्तरिक समस्या भएकोले वार्ताबाट तुरुन्त समाधान गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनपछि अष्ट्रेलियन विदेश मन्त्रालय र मानवअधिकारवादी संस्थालाई मधेश आन्दोलनबारे मौखिक तथा लिखित जानकारी गराइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *