मानिसका हातहातमा मोबाइल पुगेको छ। तर, मोबाइलको ब्याट्री अपर्झट सकिँदा मानिस समस्यामा पर्छन्। यस्तै समस्याबाट छुटकारा पाउन पावर बैंकको प्रयोग बढ्दै गएको छ। कतै घुम्न जाँदा होस् वा बत्ती नपुुगेको ठाउँमा, मानिस पावर बैंक लिएरै पुगेका हुन्छन्। अझ लोडसेडिङ भइरहने हाम्रोजस्तो देशमा यो प्रभावकारी पनि बन्दै गएको छ। यसको प्रभाव बढेरै होला अहिले बजारमा विभिन्न कम्पनीले पावल बैंकको उत्पादन र बिक्री सुरु गरेका छन्। ती सबै कम्पनीले आफ्नो पावर बैंकले छिट्टै ब्याट्री चार्ज गर्ने दाबी गर्छन्। यसले हामीजस्ता आममानिसलाई भ्रम सिर्जना गर्ने काम गर्छ। कस्तो पावर बैंक किन्दा उपयुक्त हुन्छ? यी कुरामा ध्यान दिऔँः Power bank
– तपाईंले किन्ने पावर बैंकको ब्याट्रीको स्ट्रेन्थ कम्तीमा पनि स्मार्टफोनको ब्याट्री जतिको हुनुपर्छ।
– तपाईंको मोबाइल ब्याट्रीमा लेखेको जानकारी पढ्नुस्। त्यसमा ब्याट्री स्ट्रेन्थबारे लेखिएको हुन्छ। जसले पावर ब्याट्री किन्न सजिलो हुन्छ।
– पावर बैंकको ब्याट्रीको एमएएच अर्थात् ‘मिली एम्प आवर’ मोबाइलको ब्याट्रीभन्दा धेरै हुन जरुरी छ। यसले मोबाइल र ट्याबलेट पनि चार्ज गर्न मिल्छ।
– पावर बैंक किन्दा त्यसको आउटपुट भोल्टेजबारे जानकारी लिनुस्। मोबाइललाई चाहिनेभन्दा धेरै भयो भने असर गर्न सक्छ।
– तपाईंसँग मोबाइलका साथै ट्याबलेट पनि छ भने दुईवटा पोर्ट भएको पावर बैंक किन्नुस्। यसले तपाईंको समय र ब्याट्री लाइफ दुवै बच्छ।
– पावर बैंकमा अटोकट फिचर छ/छैन थाहा पाउनुस्। यसले मोबाइल चार्ज हुनेबित्तिकै पावर काटिने हुँदा ओभर जार्च हुँदैन। र, पावर सञ्चित पनि हुन्छ।
– पावर बैंक कतिको राम्रो छ। फोन चार्ज हुन्छ हुँदैन। सोबारे थाहा पाउन एउटा माइक्रो एसबी चार्जिङ किट किन्नुस्। यसले तपाईंको फोन कति छिटो चार्ज हुन्छ त्यही बेला पता लगाउन सक्छ।
– यदि चार्ज किटको लाइट अन छ भने बुझ्नुस् तपाईंको मोबाइल चार्ज हुँदैछ। एउटा या दुइटा लाइटमात्र बलेको छ भने पावर बैंक कमजोर भएको बुझ्नुस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *