राजेन्द्र महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *