थारु कल्याणकारिणी सभाले बिर्सेको बाटो

रामसागर चौधरी।

मैले थारू कलयाणकारिणी सभाको २२औं महाधिवेशनको बेलामा केही मनका कुराहरु राख्ने जमर्को गरेको छु। यसलाई सकारात्मकरुपमा लिएर मनन गरिदिनुहुन अनुरोध छ। म ३०३२ सालदेखि यस संस्थासँग जोडिएर काम गरेको छु । यसको उतार चढावबारेमा थोर बहुत ज्ञान र अनुभव छ।

काठमाडौंमा अध्ययनका क्रममा यस संस्थासँग नजिक हुने मौका पाएको थिएँ। माहामन्त्री तथा राजसभा सदस्य केवल चौधरी, माहन्यायधिवक्ता रामानन्दप्रसाद सिंह, लोक सेवा आयोगका सदस्य दुर्गानन्द प्रसाद सिंह, तथ्यांक अधिकृत तेज नारायण पंजियार, अधिवक्ता प्रभुनायण चौधरी, अष्टभुजा चौधरी, परशुनारायण चौधरी, डा. बृजराज चौधरी, सचिव माधवलाल तवदार, कुलदिप पेशकार, मामनीय चैतुलाल चौधरी, माननीय लगनलाल चौधरी, मन्त्री फतेसिंह थारु, लवरु राना थारुलगायत धेरै थारु राजनीतिक, प्रशासक र थारु समाज सेवीसँग जोडिने अवसर प्राप्त भएको थियो। लहान नगरपालिकाका मेयर लगनलाल चौधरीबाहेक अरु स्वर्गीय भइसकनुभयो तर स्मरण ताजा नै छ।

गाउँघरबाट काठमाडौं आउने जाने बिशिष्ठ मान्यवरहरु थारु समाजको अवस्था देखेर बडो दुखि भावले यस समाजको शैक्षिक, आर्थिक र समाजिक विकासबारे छलफल प्रायः चलिरहन्थियो। त्यसयताका समाजिक कुसंस्हार, अन्धबिश्वास, शिक्षाको कमी र समाजिक एकताको अभावका कुराहरु बढिनै केन्द्रीत भएर कुरा उठने गर्दथ्यो र दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरतिर थारुका जग्गा गैर थारुले जालसाज गरेर हडपेका दुःखद कुरालगायत कमैया, कमलरीको दयनीय कुराहरु दाङका महेश चौधरीले सुनाउने गर्नु हुन्थ्यो। थाकस पनि तेही नै सुधारका कुराहरु अधिवेशनमा छलफल हुने गर्थ्यो। पञ्चायतको त्रास र आशमा गुमसिएर बस्यो।

३०३६ सलको जनमत संग्रहपछि सर्लाहीको हरिपुरमा थाकसको ९औं सम्मेलन भेलामा जोसिला युवाहरुको उपस्थितिले नया हौसला ल्यायो तर नेतृत्व पुरातनमा रहिरह्यो। ३०३८ सालमा रुपनदेहीको अमम्वामा दशौं सम्मेलनमा पञ्चायत र बहुदल पक्षमा बहस र उमेदवारलाई सहयोगका कुराहरु भयो । २०३८ को आमनिर्वाचनमा सकाकारात्क परिणाम आयो। २०४० सालमा कैलालीको परेवामा भएको थियो र यसले कैलालीको थारु समाजलाई आत्मबल र सम्मान बढेर गयो। ४०४३ सालमा रुनदेहीको मुर्गियामा, यसरी बहुदलीय प्रजातन्त्रका लागि जनचेतना फैलाउन थाकसको ठूलो योगदान छ।
२०४६ सालको जनआन्दोनन पछि बहुदलिय ब्यबस्थाको सुरवातमा २०४७ साल मोरंगको बिराटनगरमा थाकसको १३रौं सम्मेलनको

उदघाटन प्रधानमन्त्री कृष्णप्रसाद भटराइले गर्नुभयो र तेतरिया बन्द सत्रमा परशुनारायण चौधरीलाई महामन्त्री चयन गर्यो र केवल चौधरीलाई संरक्षक संस्थापकका रुमा रहनुभयो। बहुदलपछि भएको २०४८ को आमनिर्वाचनमा थारु सांसदको उपस्थिति बढयो। २०४९ सालमा सुनसरीको दुहबीमा थकसको १४औं महाअधिवेशन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गरिमय उपस्थितिमा माहामन्त्री परशुनारायण चौधरीले थारुलाई संरक्षण दिनुपर्छ भनेको थिएँ। २०५१ मा बर्दियाको भुरीगाउँ, बगनाहमा र ४०५३ मा कैलालीको माननीय रामजनम चौधरीको गाउँमा भएको थियो। २०५५ सालमा उदयपुरको हडियामा १७औं माहाधिवेशन सम्पन भयो। यस अधिवेशनले २०५८ मा हुने जनगणनामा थारु भाषा लेखाउन र थारु भाषाको बिकाशमा जोड दिएको थियो। यसको सार्थक परिणाम पनि जनगणनाको प्रतिवेदनमा देखियो।

यसपछिका हरेक अधिवेशनमा राजनीतिक कुराहरु हाब हुनथाले पछि थाकसको विधान र विधिहरु मिचिन थाल्दै गयो र गाउँदेखि जिल्ला र केन्द्रसम्म चलखेल गुटबन्दी हुँदै जान थालेपछि समाजिक मुद्दाहरु कम, राजनीतिक मुद्दाहरुमा बढी केन्द्रीत हुन थालको आभास भयो र मेरो प्रत्यक्ष सहभागिता रहेन।

एमाले, माओवादी, कांग्रस, पञ्च आदीमा गुटबन्दि र समाजिक बिभाजनले थाकसले बाटो बिरायो। जहां समाजिक मुद्दामा सबै एक हुनु पर्नेमा त्यो थाकसको नेतृत्वले गराउन सकेन। एक अर्कामा दोषारोपन र स्वार्थमा डुबन लागे। राजनितिमा लागेका थारु नेताहरु पनि पार्टी पंक्ति भन्दा बाहिर जान सकेन र आज पनि यहि स्थीति छ। थारु नेताहरुलाई स्थापित गर्न थाकसको आफनै भुमिका र भावना छ तर पार्टिको लाइन भन्दा बाहिर आउन नसकेकाले र थारुका मुद्दाहरु सशक्त तिरकाले उठाउन नसकदा हारेको र बिस्थापित भएको पनि छन र यसले थारु समाज समग्रमा कमजोर भएको छ।

मानिस समाजिक प्राणी हो र देशको राजनैतिक प्रणालि संग, बिचार संग निजक रहन्छ तर समाजिक संस्थामा संस्थाको बिधि बिधान मुख्य हुन्छ। थासक राजनितिक संगठन होइन तर समाजिक मुद्दाहरुलाई सशक्त रुपमा उठाउने, समाजलाई जाग्रित गर्ने र सरकारलाइ दवाव दिने काम भने रोक छैन। समाजिक संस्थाले समाजिक सदभावलाई प्रातमिकता दिदै समाजको भलाइको बाटोमा हिडाउन सक्नु आजको नेतृत्वको खांचोछ।

थाकस को २२ औं माहाअधवेसन २०७५ आसोज ७, ८ र ९ गते काठमाणडौमा हुन गएकाले खुसी लागेको छ र यस अधिवेशनले असल नेतृत्व चयन गर्न सकोस र थारु समाजलाई एक सुत्रमा बांधन सकोस सफलताको लागि हार्दिक शुभकमना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *