हात बाँधेर हुन्न, अब युवा जाग्नुपर्छ

– ठाकुर प्रसाद करियाप्रधान
युवा साथी हो, आजै अहिल्यैबाट राम्रो काम थाल्नु पर्छ, भोली भोली भन्दै जाँदा आधा उमेर गईसक्यो अहिल्यै देखि उज्जल भविष्य सुनिश्चिताको लागि लाग्नु पर्छ । तपाई युवाको भविष्य बन्यो पो देशको भविष्य बन्छ त । सबैले भन्ने कुरा एउटै हो, परिवर्तन सम्भव त्यहाँ हुन्छ जहाँ युवाको उपस्थिति हुन्छ । र सबैले मान्नेका कुरा, युवामा नयाँ जोस, जगाँर,नयाँ पनको सम्भवना हुने भएको हुदाँ युवा भन्ने वित्तिकै आँँधी,तुफानसंग जोडेको र तुलाना गरेको अधिक पाईन्छ । त्यसैले आजको आवश्यकता र समयको माग भनेको हामी प्रत्येक युवा जोसलाई सकारात्मक सोचमा परिर्वतन गरि सृजनात्मक खोज र आफुलाई उत्पादनमुखीमा रुपान्तरण गर्नु हो । युवाले जे सोच्छ, त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै त्यसको प्रभाव सिंगो परिवार, समाज, देश र विश्वलाई समेत प्रभाव परेको हुन्छ । जसरी युवा सोचले उसको मार्गदर्शन गर्छ भविष्यको गन्तव्य तिर लान्छ नै साथै समाज र देशको भविष्य पनि युवा विचारले नै तय गर्छ ।

विचारको परिवर्तनले अन्ततः उसको जीन्दगीलाई नै परिवर्तन गर्न सक्छ । आज हाम्रो देश नेपालको सकारात्मक रुपान्तरणको चाहाना राख्दै थुप्रै संघसंस्थाहरुले विभिन्न अभियानहरु चलाएको प्रशस्तै देख्न पाईन्छ । सकारात्मक रुपान्तरण कति भयो ? हामी कति सकारात्मक हुन सक्यौें ? यो सोच्नु पर्ने विषय बनेको छ । मरेपछिको स्वर्ग र नर्कको परिकल्पना गर्नु भन्दा यो धर्तीमा रहुन्ञजेल प्रत्येक युवाले आफ्नो अमुल्य, मलमलमय जीवनलाई अलमलमा नराखीकन आफ्नो जीवनलाई सुन्दर बनाउने यात्रामा हिड्न सके देशको मुहार सुन्दर देखिन्छ । आज यो भएन त्यो भएन भन्ने बाहनाबाजी त्यागी जीवनलाई उत्पादनमुखी, सृजनामुखीको पथमा हिडन सके आफ्नो पहिचान बन्छ । जसरी महात्मा गौतम बुद्ध भन्ने वितिकै नेपाल, महात्मा गान्धि भन्ने वितिकै भारत, अब्राहम लिङ्कन भन्ने वितिकै अमेरिकाको नाम अगाडी आउँछ । चलेको चलन नै हो –व्यक्ति जस्तो भयो घर, परिवार, समाज, राष्ट्र र विश्व त्यस्तै हुन्छ ।

संसारमा जति पनि मानिस यस धर्तीमा जन्म लिन्छनु ती व्यक्तिहरू आफ्नो सुखद बाल्यकाल र किशोरावस्था पार गरेर युवावस्थामा पुग्छन् । विगतको वाल्यावस्था, अनि भविष्यको बृद्वावस्थालाई सोच्दै योजना र तयारीका साथ अगाडि बढ्ने अवस्था वर्तमान हो । त्यसैले वर्तमानलाई प्रतिनिधित्व गर्ने युवा वर्गले आपूmभन्दा अग्रजको अनुभवलाई ग्रहण गर्दै भावी पुस्ताको लागि योजना तयार गर्ने, अनि वर्तमानमा चौतर्फी विकास गर्नेतर्पm लाग्नुपर्दछ । भविष्यको सम्भावना बोकेको, केही गर्ने जोश, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकोले यिनीहरूलाई वर्तमानका साझेदार, भविष्यका कर्णधार, देशको खम्बा, आधार स्तम्भ जस्ता उपनामले चिनिन्छन् ।

कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलता लाई मान्न सकिन्छ । यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन युवाहरूको क्षमताको सदुपयोग हुन र राष्ट्रले युवाको लागि सही कार्य्दिशा र नीति तर्जुमा गरी लागु गर्नुको साथै युवामा लागनी गर्न जरुरी छ ।
सदन्र्भ हाम्रो राष्ट र युवाको, कुनै पनि राज्यको मूल कडीका रूपमा त्यस देशका युवाहरू रहेका हुन्छन् । युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार हुन् । त्यसैले विश्वका सवै जसो राष्ट्रहरूले राष्ट्रिय नीति तर्जुमा गर्दा यही समूहलाई केन्द्रविन्दु बनाउँदछन् । युवालाई व्याख्या र परिभाषा प्रत्येक राज्यले आ–आफ्नै सन्दर्भ र वास्तविकताको आधारमा गरेका हुन्छन् ।

संयुक्त राष्ट्र संघर विश्व बैंक लगायतका संस्था र अन्य केही मुलुकले १५–२४ वर्ष उमेर समूहका महिला, पुरुषलाई युवा मानेका छन् । भारतले १५–३५ वर्ष, चीनले १४–२८ वर्ष, जापानले ०–२४ वर्ष उमेरकालाई युवा मानेको छ भने नेपालको राष्ट्रिय युवा नीति, २०७२ अनुसार ‘युवा भन्नाले १६–४० वर्ष उमेर समूहको महिला, पुरुष तथा तेस्रो लिङ्गीलाई समेत जनाउनेछ’ भनिएको छ । यस अर्थमा युवा भन्नाले हामी १६–४० वर्ष उमेर समूहका मानिसलाई मान्न सक्छौं, तथापि युवा उमेरले होइन, जोस, जाँगर र सृजनात्मक उत्साहले जन्मन्छ । युवा उन्नतिका नायक हुन उत्साहका परिचायक हुन राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवा परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । यस समूहको जनसंख्या नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ । यसैगरी युवाको यस जनसंख्यामा क्षेत्रीयता, जातीयता, लैंगिकता, भौगोलिकता र आर्थिक पक्षहरूमा विविधता पाइन्छ ।

आजको बर्तमान लामो राजनैतिके द्धण्द्ध पछि देशमा संविधान सभा मार्फत नयाँ संविधान र दिगो शान्तीको प्रत्याभुतीद्धारा सामाजिक तथा आर्थीक विकासको अवसरका साथै समुन्नत, समृद्ध र आधुनिक नेपाल निर्माण प्रक्रियामा देश रहेको छ । नयाँ संविधान पश्चात ३ तहकै निर्वाचन र सरकारको निमार्ण र संचालन र कार्यान्वयन प्रक्रियामा छ । यसरी राज्य भित्रका युवाका लागि प्रयासहरुमा हेर्दा देशमा युवा मैत्री विकासको प्रयासमा युवा निति २०६६ को मार्गनिर्देशनमा दोस्रो राष्ट्रिय युवा नीति २०७२ ल्याएको छ । जस अन्तरगत युवा विकासमा महत्वपूर्ण विषय जुन रणनिति र कार्यनितिहरु रहेका छन् । ती यसप्रकार छन् – १. राष्ट्रिय युवा नीति २. युवा सहभागिता र परिचालन ३. शान्ति ४. विकास ५. शिक्षा ६. रोजगारी ७. स्वास्थ्य र सामाजिक सुरक्षा ८. लागु औषध दुव्र्यसनको नियन्त्रण, ९. युवा शसक्तिकरण र नेतृत्व विकास १०. कला, साहित्य, संस्कृति, खेलकुद र मनोरञ्जन, ११. मानव तस्करी तथा बेचविखन र नियन्त्रण, १२. अपराध तथा हिंसामा संलग्न युवालाई मुक्त गर्ने, १३. वातावरण संरक्षण र दिगो विकासमा युवा सहभागित १४. विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँच १५. दिगो शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता रहेका छन् । साथै सरकारले युवा विकासको राष्ट्रिय रणनितिको रुपमा १० वर्षे युथ भिजन २०२५ समेत जारी गरेको छ, यो युवाहरुका क्षेत्रमा केही देखिने काम हुने गरि नीति लागू गर्न र युवा क्षेत्रमा राज्यका प्रयासहरु दिगो गर्नका निम्ती प्रसस्त समयावधि हो । युवा निति लागु भए पछि झिनो पाराले विभिन्न विधामा युवा वर्ग लक्षीत कार्यत्रमmको सुरुवात भएको पनि देखिन्छ । तर अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत गैर युवा वर्गको हालीमुहाली र दुरदराजका युवाहरुको पहुँज अझ नभएको जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता भएको छैन ।

हालको युवाको अवस्थालाई हेर्दा राज्यले २०७०–२०७३ ले वार्षिक १ लाख युवाहरुलाई सिप सम्पन्न गराउने परिकल्पना गरेको छ जवकी वार्षिक ५ लाख युवा श्रम वजारमा प्रवेश गर्ने गरेका छन् । नेपालमा १५ देखी २९ वर्ष सम्मको जनसंख्या ७३ लाख ६९ हजार ४ सय ५ अर्थात कुल जनसंख्याको २७.७८ प्रतिशत रहेको छ । यसरी यो समुहको युवाहरु ३० प्रतिशतको हाराहारीमा हो । ९० प्रतिशत रोजगारी शहर केन्द्रीय रहेका छन् र युवाहरु पनि शहर केन्द्रीत भएका छन् । गाँउ युवा जनशक्ति विहिन हुन गएको छ । ग्रामिण कृषि जन्य उत्पादनमा तिव्र कमी आइरहेको छ । प्रत्येक वर्ष ५ लाख युवाहरु रोजगारीका लागि श्रम वजारमा प्रवेश गर्ने जनसंख्या मध्य ३ लाख भन्दा वढी आप्रवासनमा जान्छन् एक अध्ययनले भन्छ । स्वदेशमा रहेका मध्ये १० प्रतिशतले मात्र स्वदेशमा रोजगारी पाँउछन् । अरु ९० प्रतिशत कामका लागि वर्ष भरि भौतारिन्छन् । आप्रवासनमा जाने ९० प्रतिशत युवाहरु छन् भने श्रम मन्त्रालयको तथ्याङ्कका अनुसार दैनिक १५ सय युवा कामका लागि विदेश जान्छन् । र यसरी दैनिक हजारौं युवा जनशक्ति पलायनको अवस्था रहेको छ ।

करिब ६० लाख भन्दा वढि नेपाली विदेशमा रोजगारीका लागि गएका छन् । समग्रतामा भन्दा नेपाली युवा वर्ग वास्तवमा आफ्नो गन्तव्य पथ नपाएको भौतारिएको काग भएको वर्ग भएता पनि राष्ट्रिय विकासमा युवाहरुको अत्याधिक महत्वपूर्ण भुमिका रहेको छ । मुलुकका राजनैतिक परिवर्तनका निम्ती अभियानका उत्प्रेरक र आन्दोलनका नेतृत्वमा योगदान, राज्यको विकासका आयोजनाहरुमा दक्ष, अर्धदक्ष वा अदक्ष कामदारको रुपमा, सुरक्षा निकायहरुमा संलग्नता र शान्ति सुरक्षा र सिमा रक्षामा युवा वर्गहरुकै योगदान रहेको छ । अर्थतन्त्र धान्न मुलुकमा कुल अर्थतन्त्रको २५ रेमित्यंसको रुपमा भित्रिने अर्थतन्त्रका ठुलो योगदान युवावर्गकै रहेको छ । देशको विकासमा युवा महत्वपुर्ण भुमिका भएता पनि राज्यले युवालाई सही मार्गदर्शन गर्न सकेको अवस्था छैन ।

राज्यले युवामा लगानी अबको पाइला अगाडी बढ्न जरुरी छ । प्राविधिक र व्यवहारिक शिक्षा, रोजगारीका अवसरहरू सृजना ,गरिबी न्यूनीकरणका, बैदेशिक रोजगारीलाई मर्या्दित, सुरक्षित र व्यवस्थित, समावेशीकरणको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन, जनशक्तिको माग अनुसार युवाहरूलाई शिक्षा, स्वरोजागर सृजना, युवामा भएका सिप, ज्ञान र दक्षताको उचित व्यवस्थापन र युवाहरुको सोचलाई प्रवद्र्धनात्मक, यौनजन्य रोगको संक्रमण रोक्ने उपायबारे जानकारीमूलक शिक्षा दिई युवाको सम्मान गर्नु राज्यको दायित्व पनि हो । युवाहरु पनि राज्य प्रतिको नागरिक कर्तव्य र भुमिकालाई आत्मसात गर्दै अगाडी बढन जरुरी छ । र महत्वपुर्ण सवाल समाजमा व्याप्त कुरुती, कुसंस्कार, कुप्रथा, दैनिक जसो यहाँ घटिरहेको महिला बालबालिकामा काहलीलाग्दो बलात्कारको घटना विरुद्ध आवाज उठाउन एक हुन पर्छ युवा र पिडितलाई न्यायको लागि राज्यलाई जावाफदेहि बनाउन आजको प्रमुख आवश्यकता रहेको छ युवा साथी हो । त्यसैले हात बाँधेर हुन्न अब जाग्नुपर्छ युवा । साथै सुचना प्रविधी आजको अपरिहर्यता त्यससँग जोडिएको सामाजिक सञ्जाल फेसबुक,ट्वाटर जस्ताको सदुपयोगको लागि सजकता अप्नाउनु पर्छ युवा । समयको पुकार प्रत्येक युवाको मन मनमा सकारात्मकता र आफ्नो जीवनप्रति कृतज्ञताका साथ म को हु ? यो संसारमा किन आँए ? मेरो कर्तव्य के हो ? मेरो जीवनले कसैलाई बास्ना छरिरहेको छ या गन्ध ? फूल बनेको छ या काँडा ? यी प्रश्नहरुको उत्तर खोज्नु हामी युवाहरुको पहिलो जिम्मेवारी हुनुपर्छ ।
(तथ्यांक स्रोत विभिन्न अध्ययन समाग्रीहरुबाट)

लेखक युवा अभिन्यता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *