‘दुई तिहाईको निरंकुश सरकारलाई कालो झन्डा देखाउन पाउँछ कि पाउँदैन ?’

उपप्रधान एवं स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राम मनोहर यादवको मृत्यु प्रकरणमा नेपाली कांग्रेसका सांसदले सरकारप्रति प्रश्न गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अहिलेको शासनमा कालो झण्डा देखाउन पाउने कि नपाउने भनी प्रश्न गरेका हुन्।

‘यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हो कि होइन? यो त पञ्चायती व्यवस्थाभन्दा पनि कठोर छ,’ चौधरीले भने, ‘दुई तिहाईको घमण्डले चुर भएको यो सरकारले कालो झण्डा देखाएको राम मनोहर यादवलाई पक्राउ गरी हिरासतमा मारेको छ।’ चौधरीले उक्त घटनाको छानविन गर्न र क्षतिपुर्ति दिन माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *