बर्दियामा मनाइयो राष्ट्रिय पुस्तकालय दिवस

बढैयाताल । कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, स्याउलीबजारको आयोजनामा बढैयाताल ८, स्याउलीबजारमा राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । सामाजिक विकासमा सामुदायिक पुस्तकालयको महत्व र आवश्यकता विषयक माध्यामिक विद्यालय स्तरीय खुल्ला निबनध प्रतियोगिता आयोजना गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष दिल्लीप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न समारोहमा बढैया गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ थिए भने विशिष्ट अतिथि ५ नं प्रदेश प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरी थिए । प्रमुख अतिथि श्रेष्ठले कालिका सामुदायिक पुस्तकालय बढैयातालको मुख्य पुस्तकालय र सूचना केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । यसका साथै उनले पुस्तकालय प्रविधियुक्त आधुनिक हुनुपर्ने बताए ।
विशिष्ट अतिथि माननीय चौधरीले आफूले प्रदेशसभामा पुस्तकालय विकासका लागि आवाज उठाएको आगामि दिनमा सक्दो सहयोग गर्ने बताए । विकास अभियन्ता दयाराम खड्काले पुस्तकालयको दीगो विकासको सवाल महत्वपूर्ण रहेकोले त्यसका लागि स्पष्ट योजना आवश्यक रहेको बताए । मानिस जीवनभर विद्यार्थी हुने भएकाले पुस्तक र पुस्तकालय सधैं चाहिने बताए ।

समाजसेवी विश्वराज सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकोले भण्डारबाट आवश्यक बस्तु लिन पाठकहरु तत्पर हुनुपर्ने बताए । प्याब्यसन, बर्दियाका अध्यक्ष तेजनाथ पौडेलले पुस्तकालयका पुस्तकहरुको सद्उपयोग गर्नसक्दा सामाजिक विकासमा टेवा पुग्ने बताए । वडाध्यक्ष इन्त्रप्रसाद लुइटेलले पुस्तकालयको विकासमा सदा क्रियाशील रहने बताए । पुस्तकालयका कार्यसमिति सदस्य थानकुमारी तिवारीले स्वागत गरेकी थिइन् ।

पुस्तकालयका कार्यसमिति सदस्य एवंम् निबन्ध प्रतियोगिताको निर्णायक समितिका संयोजक सुशील चौधरीले पुस्तकालयको प्रचार प्रसार र महत्व बुझाउन दिवसको सन्दर्भमा निबनध प्रतियोगिता आयोजना गरिएको बताए । साथै चौधरीले निर्णायक समितिका सदस्यहरु मणि शर्मा र प्रभात सुवेदी सहितको तीन सदस्यीय समितिको निर्णय घोषणा गरेका थिए ।

१७ जना छात्र छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा श्री भवगती संस्कृत तथा साधारण माध्यामिक विदालय, तिल्कानाकी छात्रा कविता यादव, प्रथम, श्री शारदा मा.वि. मैनापोखरका छात्र विजय श्रेष्ठ, द्वतीय र शुभकामना एकेडमीकी स्वर्णिमा गुरुङ्ग तृतीय भएका थिए । श्री जय कालिका मा.वि, मुनालबस्तीकी श्र्रेया पौडेल, श्री विद्याज्योति मा.वि., कण्ठपुरका चाँद मोहमद खाँ, बर्दिया एकेडमीकी रक्षा थपलिया र श्री दीपज्योतिम ा.वि डाँफेका प्रकाश खनालले सान्त्वना पुरस्कार पाएका थिए । प्रथम्, द्वतीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २ हजार, १५ सय, १ हजार र २।२ सय नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

One thought on “बर्दियामा मनाइयो राष्ट्रिय पुस्तकालय दिवस

  1. Bardiya ko Barbardiya Nagarpalikale pani pustakaly diwas manaeko xa. Yahako khabar pani lekhe hunthyo ni lekhak jyu. ramro samachar prakashan garna lai ke garnu parxa??

Leave a Reply

Your email address will not be published. Required fields are marked *