टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ।
साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उप महानगरपालिका १८ को कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ।
सूचनामा मिति २०७५ भादौ ५ गते दिनको २ बजेदेखि साँझ ४ बजेसम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आह्वान गरेको छ ।
थारुले कैलाली कारागारमै कष्टपूर्णरुपले राजबन्दी जीवन विताइरहेको अनुभव सुनाउँदै भने ‘टीकापुर घटना हुनुअगाडि काठमाडौंको बिजुलीबजारमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएको थिएँ। तर घटना पछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ।’
रिसोर्ट सञ्चालन गर्न ऋण लिएपनि राम्रोसँग करोबार गर्न नपाउँदै पक्राउ परेको भन्दै उनले दुखेसो पोखे। उनी लिलाम हुन लागेको जग्गा जोगाइदिन सबैसँग सहयोगको अपेक्षा गरेका छन्। ‘विगत तीन वर्षदेखि जेलमा कोचिएको छु। रिसोर्ट राम्रोसँग चलाउन पाएको भएँ सायद यो दिन देख्न पर्थेन। सबैसँग सहयोगको याचना गर्न चाहन्छु,’ उनले भने। हाल उनी कैलाली कारागारमा छन्।
Naagarik ko chal ra achal shampati lilaam garne sarkaar ko aain hunu hundaina. Yesto kaanun le kata nepali naagrik ko bhalo hunchha? yesto aain le naagarik sanghaar matra garchha. Usko galti mutaabik ko shajaaye matra paunu parchha.