जागिरबाट निकालिएपछि राजनीतिमा होमिएका शंकर चौधरी

थारुवान।

कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।

आफूलाई किसानको छोराको रुपमा परिचय गराउँदा गर्व मान्ने शालीन तथा भुइँसतहबाट जोडिएका नेता चौधरीको घर जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा गाउँमा हो । उनको जन्म ५७ वर्षअघि सत्यनारायण महतो थारु, आमा लोदरी देवी थरुनीको कोखबाट भएको थियो ।

प्रमाणपत्र तहसम्म औपचारिक शिक्षा पूरा गरेका उनी विद्यार्थी जीवनमै राजनीतिमा होमिए । उनले ३०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिए । विद्यार्थी आन्दोलनमा हुँदा तत्कालीन पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका डिएसपी मोतिलाल बोहरालाई ढुंगा हानेपछि प्रहरीको सर्वाधिक खोजी सूचीमा उनी परे । त्यसपछि उनी चितवनमा गई एक महिना गुप्तवास बसे । २०४२ सालसम्म वीरगन्जको ठाकुरराम बहुमुखी क्यामपसमा रमेका चौधरी त्यसपछिका दिन नेपाली कांग्रेसको सक्रिय सदस्य भएर काम गरे ।

२०४२ भदौं ५ गते ‘बिकम’ (ब्याचलर इन कमर्स)को अन्तिम परीक्षा दिएर सोही दिन रात्रि बस समातेर उनी काठमाडौंतिर लागे । घरका एक जना सदस्य जागिरवाला हुनुपर्छ भनेर बढेको पारिवारिक दबाबका कारण ब्यपार ब्यवसाय गर्ने भनी आफूले पहिलेदेखि सोंचेको योजना छोडेर काठमाडौं गएको उनी सम्झिन्छन् । निकै भौतारिएपछि २०४२ फागुनमा उनले अन्ततः एउटा जागिर पाए । रेशम खेती प्रोत्साहन गर्ने र त्यसका लागि प्राविधिक सहयोग गर्ने सरकारी कार्यक्रम ‘सिन्धुली काभ्रेप्लानचोक, ललितपुर माकवानपुर’ (सिन्काल) योजनामा उनले २०४२ फागुन २९ मा पहिलो हाजिरी गरे, काभ्रेस्थित कार्यालयमा ।

‘प्राजातन्त्रका लागि आन्दोलनको गतिविधि चलिरहेको थियो, योजनाका हामी कर्मचारीहरु त्यतातिर पनि संलग्न हुन लागेका थियौं,’ उनी सम्झिन्छन्, ‘२०४५ साल असार मसान्त सकिनासाथ हामी ६ जनालाई प्रोजेक्टबाट निस्कासन गरियो ।’ पञ्चायती ब्यवस्था थियो, राजनीतिमा लागेकाले यिनीहरुलाई निकालिएको भनी सूचना निकालेर निस्कासन गरिएको थियो । उनी काभ्रेबाट फेरि काठमाडौं फकिेए । ‘२०४६ सालमा भएको आन्दोलनमा म काठमाडौंमै थिएँ । दरबार अगाडि गोली चलेको बेला म पनि प्रदर्शनमा सामेल थिए । मेरा आँखा अगाडि मानिसहरु गोली खाएर ढले, उनले जनआन्दोलन सम्झिए, ‘त्यतिबेला म जोशिला युवा थिएँ । देश परवर्तन गर्ने अभियानमा लागेको थिएँ ।’
२०४६ सालदेखि नै कांग्रेसको क्रियासिल सदस्य बनेका उनी संगठनभित्र सबैको प्यारो पात्र बनेका थिए । त्यसैले उनी तीनपटक पार्टीको महाधिवेशन प्रतिनिधि बने । महासमिति सदस्य बनेर काम गरेका अनुभव पनि उनीसँग छ ।

पर्सामा कांग्रेसलाई साबिकजस्तो उचाईँमा पु¥याउन विभिन्न गुटमा विभाजित नेताहरुलाई मिलाउन उनले अबका दिनमा भूमिका खेल्ने बताए । समयको मागअनुसार देशले परिवर्तन चाहेको भन्दै उनले त्यो परिवर्तनलाई आत्मसात गर्न नसक्नेको दिन अब कठिन हुने बताए । उनले कांग्रेस दुई चीजका कारण पराजय भएको बताए । पहिला कुरा अनुशासन र दोस्रो परिवर्तनलाई पार्टीले अंगाले अगामी दिनमा जित सुनिश्चित रहेको उनको बुझाइ छ ।

राज्यले मधेसी र थारु समुदायसँग भेदभाव गरेको उनी स्वीकार्छन् । २०४८ सालसम्म पद्दतिले काम गरेपनि २०५१ पछिको मिलिजुली सरकारले अवस्था झन् बिग्रेको उनले बताए । उनको बुझाईमा गिरिजाप्रसाद कोइरालाले २०५१ मा आफ्नै बहुमतको सरकार भंग गर्न नहुने थियो ।

नेपाली राजनीति बिग्रिन त्यहीदेखि सुरु भएको उनी मान्छन् । समुदायहरु विच पहिले कम रहेको फरकपनाको भावना अहिले झन बढेर गएको उनको बुझाई छ । नेपालको राजनीतिमा परिवर्तनको कोर्स नसकेको बताउँदै उनले अबको राजनीति विभेदहरुको अन्त्य गर्दै समाजिक रुपान्तरणका लागि हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *