चन्द्रकान्त चौधरी : वृद्ध तर जोश युवाको जस्तै

मदन चौधरी/काठमाडौं।

लालशा हुनुपर्छ, राजनीति गर्नलाई कुनै उमेरले छेक्दैन । उनी वर्षले ७१ पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको इच्छा मरेको छैन । हुन त उनी पञ्चायतकालमा प्रधानपञ्च हुँदै गाउँ ठाउँको विकासमा लागेका थिए । त्यो क्रम उनी ७१ पूरा गर्दा पनि कायमै छ ।
देशमा भएका विभिन्न खालखण्डका राजनीतिक घटनाक्रमका साथी उनै चन्द्रकान्त चौधरी विं सं २००४ सालमा सत्परीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए । राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो । बुबा उमाकान्तलाई छोरा पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन चाहे । त्यसका लागि उनलाई छिमेकी देश भारत पढ्नकै लागि पठाए । चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे । त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था थियो । उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए ।

प्रधानपञ्च भएपछि उनले समाज परिवर्त गर्ने उपायहरुबारे मनन गरे । शिक्षा नै त्यस्तो चिज हो जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे । त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे । त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन् । ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ । ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ चन्द्रकान्त विगत सम्झिन्छन् ।

प्रधानपञ्चदेखि सांसदसम्म
उनी उमेरमै प्रधानपञ्च भए र लगातार ३० वर्ष नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए । समाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई ०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दियो । उक्त चुनावमा उनी पाता गाविस अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरे । पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाए । ०६२–०६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरु आए । लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तठस्थ बसे । एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो । सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो । २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन् । उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए । पराजित भएपनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याए ।

त्यही बेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए । उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनी सम्झिन्छन् । उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाए । त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो । त्यतिबेला आफ्नै भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट प¥यो । भाइ ताराकान्त चौधरी एमालेबाट उम्मेदवारी दिएका थिए । त्यतिका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन् ।

जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए । नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने । त्यसको श्रेय उनले जनतालाई दिन चाहन्छन् । ‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु । जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ । यहाँका जनताहरुको भरोसा मैले तोड्नु हुँदैन । यहाँका जनतालाई समृद्धिको बाटो डो¥याउने मेरो काँडमा आएको छ । जुन मैले सिरोपर ठानेर गर्नेछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *