तल्सी प्रसाद चौधरी : थारू पहिरन र संस्कृतिका संरक्षक

कमल चौधरी/बुटवल।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् ।

सानैदेखि मेहनतमा विश्वास गर्ने उनी वि.सं. २०३८ सालमा जनता पब्लिक माध्यमिक विद्यालय छपियाबाट एसएलसी उत्तीर्ण भए । २०४२ सालमा वैवाहिक जीवनमा बाधिएका उनको परिवरमा ६ जना छन् । आफूले बुझेदेखि राजनीति गर्ने इच्छा भएपनि पारिवारिक वातावरणले साथ नपाएको उनी अन्ततः राजनीतिलाई नै क्रमथलो बनाए । राजनीतिक यात्रामा उनलाई पत्नी एश्वर्याले साथ दिइन् । राजनीति गरेर देश परिवर्तन गर्न सकिन्छ भनेर बुझेका उनलाई हजुरबुबाको साथ पनि उतिकै पाए ।

राजनीतिक यात्रा
गोपी रवण उपाध्याय वामपन्थी नेतामात्रै होइनन्, बुद्धिजीवी पनि हुन् । उनकै प्रेरणाबाट वि.सं. २०४७ सालमा उनले आफ्नो राजनीतिक यात्रालाई फराकिलो बनाए । त्यतिबेला उनी कम्युनिष्ट आन्दोलनमा प्रत्यक्षरूपमा सहभागिता जानाए । वि.सं. २०५० सालको नेकपा एमालेको दोस्रो जिल्ला अधिवेशनबाट उनी जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । लगातार ६ कार्यकाल जिल्ला कमिटी रूपन्देहीमा रहेर उनले सर्वहारा श्रमजीवी वर्गको मुक्तिको अभियानमा क्रियाशिल रहेर काम गरे ।

पार्टीको सातौं जिल्ला अधिवेशन वि.सं. २०६९ सालबाट उनी सचिव पदमा निर्वाचित भइ जिल्ला राजनीतिको कार्यकारी भूमिकामा रहे । जिल्ला कमिटीमा रहँदा उनले धेरै विकास निर्माणका काम पनि गरे । मर्चवार र लुम्बिनी क्षेत्रमा कम्युनिष्ट पार्टी बिस्तारमा उनको उल्लेखनीय योगदान रहेको छ ।

सामाजिक अभियन्ता
उनी ग्रामिण स्तरका किसानहरूको जीविकोपार्जन सुधार र आार्थिक समृद्धिका लागि मानमटेरियामा साना किसान सहकारी संस्थाको स्थापनामा अगुवाई गरे । हालः उनी संस्थाको सल्लाहकार छन् । वि.सं. २०४७ सालदेखि भगलापुर उच्च माविको सदस्य भएका उनी दुई कार्यकाल अध्यक्ष भएर शैक्षिक उत्थानमा समेत योगदान पुर्याए । भगलापुर उच्च माध्यमिक विद्यालय मात्र नभएर उनले शैक्षिक गुणस्तर, उत्पीडित जाति र थारू समुदायको उत्थान र विकासको लागि काम गर्दै आएका छन् ।

उनी लुम्बिनी विकास कोषको परिषद् सदस्य र लुम्बिनी पर्यटन प्रवद्र्धन विकास समितिको अध्यक्ष भइ पर्यटन प्रवद्र्धन र विकासको लागि पनि उतिकै योगदान दिएका छन् । थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाको जिल्ला उपाध्यक्ष भएर काम गरेको अनुभव बटुलेका उनी पार्टी निकट नेपाल लोकतान्त्रिक थारू संघको जिल्ला अध्यक्षको कार्यकाल पूरा गरी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

विकास निर्माणमा टेवा
सामाजिक संघ–संस्थामा आबद्ध भएर काम गरिसकेका उनी थारू समुदायको जातीय पहिचान झल्किने र विकास निर्माणका काममा समेत अग्रंपंक्तिमा छन् । उनले आफ्नै अगुवाईमा ओम सतिय–२ पड्सरीमा थारू संग्राहलय स्थापना गर्ने कामको थालनी गरेका छन् । बुटवल उपमहानगरपालिका–१८ मा थारू संग्राहलय निर्माणको योजना बनाएर कार्यान्वयनको चरणमा समेत उनी छन् ।

यसैगरी शुद्धोधन गाउँपालिका–५ को दर्वहवाको ऐतिहासिक पुरातात्विक महत्वको स्थानलाई पुुरातात्विक उत्खननको चरणमा पुर्याएर त्यसको सम्बद्र्धनमा महत्वपूर्ण योगदानसमेत गरेका छन् । कम्युनिष्ट पार्टीको घोषाण पत्रलाई थारू भाषामा अनुवाद गरेर उनले कम्युनिष्ट आन्दोलनलाई अझ समृद्ध पार्ने काम गरे । नम्र स्वभाव, जनताप्रति घुलमिल हुनसक्ने स्वभाव भएका उनी स्थानीय समुदायको शैक्षिक, आर्थिक र साँस्कृतिक उत्थान र विकासमा ठूलो योगदान पु¥याएका छन् ।

राजनीति यात्राका चुनौती
राजनीति गर्दा सबैले चुनौती र समस्याहरू झेल्नुपर्छ । चौधरी आफैँ पनि राजनीतिक यात्राको क्रममा थुप्रै समस्याहरू झेल्दै यहाँसम्म आइपुगे । सुरूवाती दिनमा उनले सामाजिक, आर्थिक, राजनीतिक र घरयासी समस्याहरू झेलेपछि आजको दिनमा उनी थारू समुदायको मात्र नभएर एउटा देशको नेतृत्व गर्ने पंक्तिमा परिचित भएका छन् ।

कुरामात्र होइन, काम गरेर देखाउने खुबी भएका उनी जनताले खोजेको विकास र चहानालाई पूरा गर्ने दृढ इच्छा व्यक्त गर्छन् । जनताको हक अधिकार सुनिश्चित गर्न तन, मन र धन लगाएर सहयोग गर्ने प्रतिवद्धता उनको छ ।

लेहेँगा संरक्षणको अभियन्ता
रूपन्देहीमा लेहेँगा, अगिया लोप हुने स्थितिमा थियो । जुन सुन्दा अचम्म लाग्छ । आफ्नो पहिरन हराउनु विश्वास गर्ने कुरै भएन । उनी नेपाल लोकतान्त्रिक संघको जिल्ला अध्यक्ष हुँदा थारू पहिरन र संस्कृतिलाई संरक्षण गर्नतिर लागे । हामीले संरक्षण र चासो नदेखाए भावी सन्ततिलाई थारूको परम्परागत पहिरन चिनाउन र बुझाउन ग्राहो हुने उनको तर्क छ ।

त्यसबेला थारूहरूको परम्परागत पहिरन लेहेँगा सिलाउने सुचीकारको खोजी भयो । बल्लतल्ल एकजना सुचीकार भेटियो । तर लेहेँगा सिलाउन भने उनी जान्दैनथे । सुचीकारले लेहेँगाको डिजाइन माग्दा झनै समस्या भएको उनी सम्झिन्छन् । ‘हामीलाई हाम्रो थारू पहिरन र पहिचान बचाउनको लागि लेहेँगा सिलाउनु थियो । त्यसको लागि हामी दाङ पुग्यौं । तर त्यहाँ र रूपन्देहीको पहिरन फरक थियो । केही सीप नलागेपछि उनी आफैँले डिजाइन बनाएर सुचीकारलाई बुझाए,’ उनी विगत सम्झिन्छन् । उनले आफ्ना आमा, हजुरआमाले लगाएको पहिरन याद गर्दै डिजाइन बनाएको बताए । यसरी रूपन्देहीमा हराएको लेहेँगा पहिरनलाई उनले पुनर्जीवन दिए । आजको दिनमा पनि रूपन्देहीमा लेहेँगाको अभाव छ । आधुनिक पहिरनले थारूहरूको परम्परागत पहिरनलाई विस्थापित गरेको उनको बुझाइ छ ।

थारूमा आत्मबलको कमी
आत्मबलको कमीले गर्दा आज थारू समुदाय पछि परेको उनको बुझाइ छ । अन्य जातिको तुलनामा सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सम्पन्न भएपनि थारू समुदायमा आत्मबल र चेतनाको अभाव रहेको उनी बताउँछन् । ‘रूपन्देहीमा थुप्रै थारू राजनीतिक नेतृत्व गर्ने पंक्तिमा छन्, तर उहाँहरू मिडियासामु आउन खोज्नु हुाँ । विकास निर्माण र समुदायको उत्थानको लागि चासो दिनु हुन्न,’ उनले भने । उनले भाषा, धर्म हराउनु भनेको थारू समुदायको अस्तित्व समाप्त हुनु बराबर भएकव् बताए । त्यसैले भाषा धर्म संस्कृतिको संरक्षणमा आफ्नो विशेष योगदान हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *