छोरीको भुरभुरा रहर

छविलाल कोपिला
छोरी !
तिम्रो यो बैंस
र अङ्कुरण भएका रहरसङ्गै
तिम्रो अोठमा मुस्कान हेर्न मन छ ।

म सोचिरहेछु
यो आकाशको चन्द्रमा टिपेर
नाै लाख ताराहरु उनेर
तिम्रो चन्द्रहार बनाई दिउँ
अनि तिमीलाई पहिराई दिउँ
र तिमी दिल खोलेर हाँस्न सक ।

म यो पनि सम्झिरहेछु
उ बेला कोठरवाले
साैकीको बदला तिमीलाई कमलहरी मागेको
र मेरोे अाफ्नै अनुहारभरि ग्रहण लागेकाे
हो छोरी !
तिम्रो खुशीको निम्ति
तिम्रो रहर पूरा गर्न
म तिम्रै अस्मिता र याैवन लिलाम गर्न सक्दैन ।

धैर्य गर छोरी !
रहरको उचाई चढन धैर्यता राख्नु पर्छ
तिम्री हजुरआमाले गहनाले मञ्जिरा किनिदिनू
तिम्री आमाले दाइजोको भेडाले भुरभुरा किनिदिनू
र उनको रहर पूरा गरि गरिदिनू भनेकी हुन्
तर, मलाई सकस छ छोरी !
म कसरी स्वीकार्न सक्छु ?
तिम्री हजुरआमाको प्राचीन साैन्दर्य उतार्न
तिम्री आमाको उपहार खोस्न ?

म यति पनि सोचिरहेछु
तिम्रो रहर र मेरो बाध्यता
उस्तै उस्तै हो
तर, तिमीप्रतिको दायित्व
र एउटा रहर छ
छोरी !
तिमी गाउँका सखी-सहेलीहरुसङ्गै
सुकैयाको मृदङ्गको तालमा
मञ्जिरा र भुरभुरा लिएर नाचिरहेको
र तिम्रो अनुहारभरि उदाइरहेको जून हेर्न मन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *