बढैयातालमा साहित्यिक विमर्श

सुशील चौधरी।
बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्थित एक ऐतिहासिक सिमसार हो । १ सय ९ विगाह बढी क्षेत्रफलमा रहेको चचल पानी, सितल हावा, रगिचंगी फूल, चराचुरुंगीहरुले सचिजएर सुन्दारताको मानक बनाएको सुन्दर, शान्त र भव्य बढैयाताल काव्यिक सरगमको मादकतामा झुम्यो । तालको ढिकमा ऐतिहासिक राष्ट्रिय थारु साहित्यक मेला माघको पहिलो हप्तामा सम्पन्न भएको छ । यस सानो लेखमा त्यही साहित्यिक मेलाको सन्दर्भ, सौर्य, सन्देश र समीक्षात्मक भाव पस्कने प्रयास गरिएको छ ।

साहित्यक विमर्श एक प्राज्ञिक कर्म हो । यस्ता बहस र विमर्शले समकालीन समाजका कला संस्कृति र जीवनकाहरुको परिशीलन हुने गर्दछ । यसले विचारको निखारपन बढ्नुका साथै लेखन शिल्पको पनि विकास हुन्छ । ललितकला मानव सभ्यताको उच्चतम प्रस्तुति र परिचय भएकाले साहित्य, कला र रंगमंचीय कलाको विकास नै मानव सम्पदा हो । २०१६ सालमा प्रकाशित ‘बढक्क जोर्नी‘ कृतिलाई थारु साहित्यको पहिलो लिखित तथा प्रकशित कृति मान्दा र २०२८ सालमा सत्ता विरुद्ध विद्रोह गर्न हौस्याउने गोचाली पत्रिका पहिलो सार्वजनिक साहित्यक मञ्चलाई ठान्दा पाँच दसकको हाराहारीमा लिखित साहित्यिक अभियान, थारु भाषा साहित्यमा रहेपनि लेख्य अभ्यास र समालोचनको अभावमा थारु साहित्य लेखनमा गुणवत्ता आउन सकेको देखिदैन ।

थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धन गर्ने, समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्ने र समाजको समविकासबारे बहस छेड्ने मूल उद्देश्य लिएर मेलाको आयोजना गरिएको थियो । थारु लोकसाहित्यका दर्शन र कलाबारेमा बहस गरियो । आख्यान लेखन र रचनागर्भबारे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव सनद रेग्मी, प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले पनि सहभागिता जनाएका थिए । दुबैजनाले थारु भाषा र साहित्यको क्षेत्रमा प्रतिष्ठानबाट यथोचित काम हुन नसकेको सकारे । यसका साथै थारु भाषा तथा साहित्यको विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए । त्यस सत्रको सहजीकरण कृष्ण सर्वहारीले गरेका थिए ।

मेलाको बहसको विषय रहेको रंगमंचीय विकासबारे थारु समुदायका चर्चित रंगकर्मीहरुले सहभागिता जनाएका थिए । मुलधारको रंगमंचमा स्थापित रंगकर्मी प्रदीप कुमार चौधरीले नाटक हेर्न सजिलो छ तर गर्न कठिन रहेको बताए । रंकमर्की एवम् कवि सुशील चौधरीले रंगमंचको विकास गर्न राज्य र समुदायको सहयोग र माया आवश्यक रहेको बताए । उनले उनले रहेक स्थानीय तहमा रंगमंच स्थापना गर्ने नीति ल्याउनु पर्ने बताए । अर्का संस्कृतिकर्मी एवम् रंगकर्मी नारायण योगिले जनमुखी संस्कृति निर्माण गर्नका लागि रंगमंच उपयोगी रहेको बताए । युवा रंगकर्मी इन्द्र चौधरीले रंगकर्म जीवन कर्म बनाउन तपस्या आवश्यक रहेको बताए । रंगकर्मी प्रणव आकासले सत्रको सहजीकरण गरेका थिए ।

थारुभाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्दा सहज र अप्ठ्यारा के छन् भन्ने सन्दर्भमा बहसमा स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीले सहभागिता जनाएका थिए । हाल सम्म बर्दियाको बाँसगढी नगरपालिका र दांगको घोराही उपमहानगरपालिकाले आधिकारीक रुपमा थारु भाषालाई कार्यालयको कामकाजको भाषाको रुपमा लागु गर्ने आधिकारिक निर्णय गरेको सन्दर्भमा बढैयाताल गाउँपालिका र र बारबर्दिया नगरपािलकाले पनि क्रमश लागु गर्दै जानुपर्नेमा एकमत भएको देखियो । बर्दिया जिल्लाका स्थानीय विकास अधिकराी विश्वामित्र कुइकेलले माध्यम भाषाले सेवाल लिने र दिने सवालमा सहज र अपनत्व दिलाउन सकिएमा मात्र प्रभावकारी कार्यान्वयन हुने अनुभव सुनाए ।

महिला लेखन र नेतृत्व विकाससम्बन्धी बहसमा महिलालाई अझैपनि कमजोर ठान्ने, विश्वास नगर्ने प्रवृति रहेकोले समाजको धारणा परिवर्तन हुन आवश्यक रहेको निष्कर्ष निकाले, प्यानलिष्टहरुले सरिता चौधरीले संचालन गरेको उक्त सत्रमा ठाकुरवावा नगरपालिकाकी उपमेयर कृष्णकुष्मा थारु, लेखिका तथा सामाजिक अभियन्ता बालिका चौधरी र पत्रकार तथा अनुसन्धानकताृ इन्दु चौधरी बहसमा उत्रिएका थिए । रेडियोकर्मी टीकाराम थारुले रेडियोमा साहित्यिक कार्यक्रम उत्पादन र प्रशारण विषयमा बहस चलाए । पत्रकारहरु पुष्पा चौधरी, बिमला चौधरी र मानबहादुर चौधरीले बहसमा भाग लिए । रेडियोकर्मीको मेहनतको कमी र प्राथमिकतामा नपर्नाको कारण कार्यक्रममा गुणस्तरीयता र नियमितताको अभाव रहेको निष्कर्ष निकालियो । संचारगृहहरुले पनि थारु भाषामा साहित्यिक कार्यक्रम संचालकहरुलाई पूर्णकालीन बनाउन सक्नुपर्ने बताइयो ।

बर्दिया विकास बहस अर्को आकर्षण रहेको थियो मेलाको । प्राध्यापक जनार्दन आचार्यले विकास भौतिक विकासमात्र विकासको सूचक नभएर मानवीय विकास पनि संगसंगै जानु पर्ने बताए । विकास अभियन्ता सुरेन्द्र चौधरीले दातृनिकायको सहयोगले देश विकास नहुने जिकिर गरे । उद्योग वाषिज्य संघ, बर्दियाका अध्यक्ष बीरबहादुर चौधरीले बर्दियाको विकास हुन बर्दियामा भारतसंग रहेको सीमामा नाका खुल्नु पर्ने, पर्यटनको विकास हुनुपर्ने बताए । विकास अभियन्ता दयाराम खड्काले विकास जवाफदेहीपूर्ण हुनु पर्ने बताए । यसैक्रममा बढैयातालको ठेककामा करोडौ राजस्व आयो तर हुलाकी सडकबाट गाउासम्म आउने बाटो किन आज पनि धुलो उडिरहेको छ ? यसको जवाफ कसले दिने ? गैसस मासंघकी केन्दीय सदस्य प्रिजमा सिंह थारुले सामाजिक संस्थाले सामाजिक विकासमा राज्यलाई सघाएकोले सकारातमक हुनु पर्ने बताइन् । स्थानीय विकासमा बडघर प्रणालीबारे भएको बहसमा बडघरहरुलाई विकासको मुल प्रवाहमा साहितगर्न र अपनत्व दिलाउन स्थानीय तहको कानुनमा स्पष्ट व्यवस्था हुनु पर्ने निष्कर्ष निकालियो ।

पुस्तक विक्री वितरण स्टल, बुक बस, गीत गजल, कविता, नाटक, लोक नृत्य, श्रष्टा सम्मान, पुस्तक विमोचन, अनौपचारिक भलाकुसारी मेलाका अनुकरणीय आकर्षण थिए । यस पटकको मेलामा हजारौको पुस्तक विक्री हुनु, सयौको संख्यामा पुस्तकहरु स्टलमा राखिनु उपलव्धी रहेका थिए । यस परिदृश्यबाट थारु समुदायमा पनि पठन संस्कृति बढ्दै गरएको स्पष्ट महसुस भयो । तेस्रो श्रृखलाको रुपमा रहेको मेलामा दुईवटा नाटक ‘डहिटान ढेंकी’ र ‘जन्नी’ नाटक प्रस्तुत भए । लिखित नाटक प्रतियोगितामा प्रणब आकासको करोट नाटक उत्कृत भयो । नाटक लेखन विधा अति कमजोर रहेको अवस्थामा पनि पाँच वटा प्रतियोगी नाटकहरु प्राप्त हुनु ठूलो उपलव्धी मान्नु पर्दछ । मेलामा स्रोता र दर्शकको उल्लेख्य उपस्थिति, गैरथारु स्रष्टा, श्रोताहरुको सहभागिताले पक्कै पनि सामाजिक सद्भाव, समभावको विकासमा यस मेलाले महत्वपूर्ण योगदान दिएको छ । लेखक र श्रष्टाहरुलाई उत्साहित गरेको छ ।

तीन दिन सम्म चलेको साहित्यिक विमर्शमा भएका बहसबाट निख्रिएका सवालमा दस बुँदेप्रतिव द्धता जनाउँदै मेला सकिएको थियो । भाषिक मानकताकालागि कार्य गर्ने, मातृाषामा शिक्षाका लागि पहल गर्ने, थारु सम्वत्बारे आवश्यक अध्ययन गरी जारी गर्न पहल गर्ने प्रतिवद्धता जनाइयो । थारु भाषामा साहित्य लेखनका लागि सिर्जनातमक लेखन अभियान संचालन गर्ने र थारु भाषा सरकारी कामकाजको भाषा बनाउन आवश्यक प्रयास गर्ने कसम खाइयो । नेपाल प्रज्ञा प्रतिष्ठान लगायत साहित्यक तथा साँस्कृतिक संस्थाहरुमा समानुपातिक प्रतिनिधित्वको लडाइ लड्ने समेत योजना बनाइयो । बढैयाताललाई सिमसार र पर्यटकीय स्थल बनाउनका लागि प्रचार प्रसार गर्ने र अगामी चौथो श्रृखला रुपन्देहीमा राष्ट्रिय थारु साहित्यिक सम्मेलनको रुपमा आयोजना गर्ने बाचा सहित सम्मेलन विधिवत अन्त्य गरियो । मेलामा दुई सय बढी श्रष्टाहरुको सक्रिय सहभागिता रहेको थियो ।

पहिलो साहित्य मेला, दाङमा २०७३ मा गठन भएको थारु लेखक संघ पुनः साहित्यकार कृष्णराज सर्वहारीको अध्यक्षतामा पुर्नगठन भयो । जसमा सुशील चौधरी, छवि कोपिला, सोम डेमनडौरा, दिलबहादुर चौधरी, बमबहादुर चौधरी, बालिका चौधरी, इन्दु चौधरी लगायतका दर्जनौं श्रष्टाहरु रहेका छन् । यो पनि राष्ट्रिय रुपमा थारु लेखक संघले कार्यक्रमको समायोजन गरेको भएपनि स्थानीय रुपमा जंग्रार साहित्यिब बखेरी, कर्मशील नेपाल र गोचाली परिवार लगायतका संस्थाहरुले स्थानीय संयोजन गरेका थियो जसको कारण मेलाको व्यवस्थापन सहज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *