थारू सम्वतको बहस

सवि थारू।
मिति कुनै पनि समयमा भए गरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तरगत वर्ष,महिना,गते,वार आदी पर्न जान्छ र यसैको आधारमा कुनै पनि समयमा हुने गरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गर्न सकिन्छ । अहिले विश्वका प्रत्येक सरकारी, गैर सरकारी कार्यालय देखी लिएर सम्पूर्ण क्षेत्रमा सबै कार्यको अभिलेख राख्ने परिपाटीको बिकास भएको छ । चाहे त्यो पौराणीक कालका विद्वानहरूले कुनै तिथी र पक्षलाई आधार मानेर होस् या त ईशापूर्व ४०–४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नो नामबाट सुरुवात गरेको जुलियस क्यालेन्डर होस् या त जुलियस क्यालेन्डरमा त्रुटी भेटेपछि पोप गेग्रोरीले सुरुवात गरेको गेग्रोरीयन क्यालेन्डर(जुन क्यालेन्डरलाई अहिले विश्वका प्राय देशहरूले प्रयोगमा ल्याइरहेका छन्) होस् या त हिन्दुहरूको पात्रो भनेर चिनिने नेपाल र भारतको राष्ट्रिय पात्रोका रुपमा परिचित भारतका राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्वत् होस् या त नेपालमा शंखधर शाख्वाको अनुरोधमा ईस्वी सम्वत् ८८० तिरबाट संचालनमा आएको शक सम्वत् होस् या त राष्ट्रिय मान्यता दिलाउन नसकेको थारू सम्वत् नै किन नहोस् ।

नेपालको संंविधान २०७२ लागु भएसँगै धर्म निरपेक्षमा गई सकेपनि नेपालले अंग्रेजी नयाँ वर्षलाई बहिष्कार गर्दै बिगत ४ वर्ष देखी अंग्रेजी नयाँ वर्षकै दिन राष्ट्रिय टोपी दिवस मनाउदै आइरहको छ भने भर्खरै मात्र अन्तर्राष्ट्रिय समुदायले ई.सं.सन् २०१७लाई बिदा गरि ई.सं.को नयाँ वर्ष सन् २०१८लाई स्वागत गरेको छ ।ईश्वी सम्वत्को सुरुवात ईशापूर्व ४०–४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नो नामबाट सुरुवात गरेको जुलियस क्यालेन्डर गर्दा देखी नै भएको देखिन्छ । जुलियस क्यालेन्डरले नै सूर्यमा आधारित दिन, महिना र वर्षको गणना चल्तीमा ल्यायो । तर जुलियस क्यालेन्डरमा थुप्रै त्रुटी भेटेपछी पोप गेग्रोरीले यसलाई संशोधन गरी आफ्नै नामबाट गेग्रोरीयन क्यालेन्डरको सुरुवात गरी यसलाई विश्वब्यापी रूपमा चल्तीमा ल्याए । २०१६ वर्ष अगाडी विफोर क्राइष्ट अर्थात भगवान् जिसस क्राइस्ट जन्मनु पूर्वको समयलाई मूल आधार मानेर यो पात्रो तयार गरिएको पाइन्छ र अहिले विश्वका अधिकांश देशमा यही पात्रो प्रयोगमा रहि आएको छ । जिसस क्राइस्ट जन्मनु अगाडीको समयलाई विफोर क्राइष्ट र जिसस क्राइस्ट जन्मनु पछीको समयलाई अन्नो डोमिनी भनिन्छ र आज विश्वमा यस समयलाई ईश्वी सम्वत्ले चिनिएको छ । हरेक जनवरी १मा विश्वमा अधिकांश देशमा यस दिन नयाँ वर्षको रुपमा मनाइन्छ ।

त्यसैगरी शक संवत्का बारेमा थुप्रै तथ्यहरू बाहिर आएको देखिन्छ । शक संवत् नै सवभन्दा पुरानो संवत्को रुपमा मानिन्छ । यसलाई कुषाण राजा कनिष्ठले चलनचल्तीमा ल्याएको मानिन्छ । तर यसको एकिन तथ्य चाहीँ अझै पूर्ण नभएको पाइन्छ। यसको उत्पत्तीका बारेमा थुप्रैले फरक फरक मत ब्यतm गरेको पाइन्छ । एकथरीको ब्याख्या छ कि वराहमिहिरले शक–काल तथा शक–भूपकाल भनेका हुन् भन्ने छ भने अर्कौ थरी तथ्य बृहत्संहिताको ब्याख्यामा भनिएको छ, “जब विक्रमादित्य द्वारा शक राजा मारिए त्यसपछी शक संवत्को सुरुवात भएको हो । त्यस्तै थुप्रैले चाहीँ यो पनि भनेका छन् र सबभन्दा प्राचिन शिलालेखका अनुसार यो पनि मान्न सकिन्छ कि, कुषाण राजा कनिष्ठ नै शक सम्वत्का प्रतिष्ठापक हुन् र प्राचिन एवम् वर्तमान कालमा ज्योतिर्विदाभरणमा पनि यहि कुरा उल्लेख छ ।काठमाडौं उपत्यका र त्यसबेलाका बाइसे, चौविसे राज्यहरूमा भने शक संवत्को सुरुवात काठमाडौंका तत्कालिन नेवारी राजा राघबदेवका पालामा समाजसेवी शंखधर शाख्वाको अनुरोधमा ईश्वी संवत् ८८० तिरबाट सुरुवातमा आएको पाइन्छ । शक संवत् ८०१, त्यसबेला काठमाडौं उपत्यकामा विक्रम संवत् ९३६ वा ईश्वी संवत् ८७९ थियो तर त्यसबेला नेवारी परम्परा अनुसार अंक ८ लाई अशुभ मानिन्थ्यो जसअनुसार तत्कालिन राजा राघबदेवले त्यहाँको विधानको सुझाव अनुसार अंक ८ बाट छुट्कारा पाउन शक संवत् ८०१ वा ८०२ बाट अगाडीको ८० हटाई कार्तिक शुक्ल प्रतिपदाको दिन देखी नेपाल संवत् १ सुरुवात गराएको पाइन्छ ।जसलाई नेवारी समुदायले म्हःपूजा अर्थात नयाँ वर्षका रुपमा मनाउदै आईरहेकाछन् ।यस्तै अन्तर्राष्ट्रिय मञ्च २०६४का अनुसार “विक्रम सम्वत् २०६४ कार्तिक २४ गते प्रतिपदाका दिन (तदअनुसार २००७ नोभम्बर १०) नेपाल सम्वत् ११२७ समाप्त भएर ११२८ प्रारम्भ भइसक्यो यो वर्ष शक सम्वत् १९२९(११२८ + ८०१) पनि हो यो शक सम्वत् १९२९बाट नेपाल सम्वत् ११२६ घटाउँदा ८०२ फरक आउँछ त्यसैलै राजा राधवदेवले वुद्घिमता पूर्वक काम गरेर नेपाल सम्वत्को शुभारम्भ गरेको थहर्छ ।” र अहिले विक्रम सम्वत् २०७४मा नेपाल सम्वत् ११३८ र शक सम्वत् १९३९ चलिरहेको छ ।तसर्थ शक संवत भन्नु र नेपाल संवत् भन्नु एउटै बुझिन्छ ।

त्यस्तै भारतका राजा विक्रमादित्यले स्थापना गरेको विक्रम सम्वत्ले चाहीँ नेपालमा आधिकारिक रुपमा चन्द्र शमशेरको पालादेखि सुरु भएको हो । त्यसभन्दा पहिले नेपालमा शक सम्वत् तथा नेपाल सम्वत् प्रचलनमा थियो र विक्रम सम्वत्को १९५८औँ सालमा यो नेपालको आधिकारीक पात्रो बन्न पुग्यो । तर यसै विषयका बारेमा भने विक्रम सम्वत्ले थुप्रै विवाद प्रस्तुत गरेको पाइन्छ । कतिपय व्यक्तिले विक्रम सम्वत् नेपालको सम्वत् नै होइन भन्नुले यसबारे उपयुतm तथ्यहरू उजागर गर्न जरुरी छ र यसले गर्दा विक्रम सम्वत्को इतिहासका लेखनमा भ्रम सिर्जना भएको देखिन्छ ।लिच्छवी, मल्ल काल, सेन वंश लगाएत पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्वत् उल्लेख हुनुले पनि विवादित विषयलाई बलियो बनाएको छ । पृथ्वीनारायण शाह देखि भिमसेन थापा हुँदै कोतपर्वसम्मका कागजातहरू विक्रम सम्वत् नै लेखिएको पाइन्छ । विक्रम सम्वत् १९३७मा भारत गुजरातका खोजकर्ता पं. भगवानलाल इन्द«जी नेपालमा आएर यहाँबाट २३वटा अभिलेख खोजेर लगेका थिए र लिच्छवीकालमा उल्लेखित सम्वत्हरूलाई विक्रम सम्वतु ठह¥याएका थिए । यस्तै थुप्रै खोजकर्ताहरूले मानदेव पालाका सम्वत् लगाएत धेरै समय अगाडीका सम्वत्हरू विक्रम सम्वत् रहेको ठह¥याएका छन् भने केही इतिहासकारहरूले मानदेव प्रथमका पालाका सम्पूर्ण सम्वत्हरू शक सम्वत् रहेको दाबी गर्नुले पनि यसबारे इतिहास लेखनमा भ्रम सिर्जना भएको छ । विक्रम सम्वत् सूर्यसंग सम्बन्धित भएकाले पनि यसमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित रहेको छन् । विक्रम सम्वत् र नेपाल सम्वत्को उठान नेपालमै भएको मानिन्छ । वैदिककालदेखि विक्रम सम्वत् तिथिको आधारका चल्दै आएको हुनाले यसमा तिथिहरू थपघट भइरहने र जसले गर्दा शासन व्यबस्थामा पनि अप्ठ्यारो हुने हुँदा ज्योतिषीहरूको सल्लाह र सुझावका आधारमा चन्द«शमशेरले यसलाई गतेमा लेख्ने चलन चलाएका हुन् । तसर्थ विक्रम सम्वत् र शक सम्वत् अध्यावधि तिथिको आधारमा मात्र चलेको छ । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई बैशाख १ गते मानी त्यसैका आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका छन् भने मीन राशि समाप्त भएर मेष राशिमा प्रारम्भ हनासाथ वैशाख महिना अर्थात नयाँ वर्ष सुरू हुन्छ । विक्रम सम्वत्,शाके सम्वत् भन्दा १३५ वर्ष जेठो, नेपाल सम्वत् भन्दा ९३६ वर्ष जेठो र ईश्वी सम्वत् भन्दा ५७ वर्ष जेठो छ ।

शक सम्वत् हुँदै नेपाल सम्वत्, ईश्वी सम्वत्, विक्रम सम्वत् , किरात सम्वत् आदी यस्तै सम्वत् रहे जस्तै थारू सम्वत् पनि एक हो । जसरी अन्य सम्वत्को सुरूवात भयो त्यसरी नै थारू सम्वत् पनि थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा मनाउन लागे देखि नै सुरुवात भएको हो भन्नेमा कुनै शंका छैन । तर त्यसबेला थारू समुदायमा शिक्षाको कमीले कसैले पनि थारू सम्वत्को महत्व र कुनै दस्ताबेज नै राख्न सकेनन् भने जब थारू समुदाय पनि शिक्षित हुँदै गयो र आफ्नो संस्कृती र इतिहासको महत्व बुझ्दै जाने क्रममा, थारू समुदायले मनाउदै आएको नयाँ वर्ष(माघी पर्व) कतिऔं नयाँ वर्ष हो ? प्रकृती पूजक थारू समुदायले परम्परा देखि नै मनाउदै आएको माघी पर्व के साँच्चै नै थारू समुदायको नयाँ वर्ष हो त? भन्ने जस्ता प्रश्न थारू समुदाय भित्रका जो कोहीलाई उठ्नु स्वभाविकै हो । संस्कृतीमा धनी थारू समुदायमा प्रयाप्त खोज अनुसन्धान तथा थारू समुदायकै संस्कृतविद लगाएत अन्य शिक्षित व्यतिmहरू नै थारू सम्वत्को इतिहासका बारेमा खोज अनुसन्धानमा ध्यान नदिनुले पनि यसको सुरुवात कसले र कहिले देखि ग¥यो भन्ने तथ्य बाहिर आउन सकेको छैन । तर प्रयाप्त अध्ययन अनुसन्धानको कमी र अप्रयाप्त दस्ताबेजका वाबजुत पनि लामो समयको अध्ययन अनुसन्धान र केही बुज्रुकहरूसँगको सल्लाह अनुसार विक्रम सम्वत् २०५० तिर देखी नारायणपुर–बुधौरा निवासी हाल जोशाई ईन्टरनेशनल यूनिभरसिटी टोकियोमा विद्यावारिदी गर्दै आएका कनैलाल चौधरी र उनकै छिमेकी गाँउका उनका २÷४ जना शिक्षित साथीभाइहरूसँग मिलेर थारू सम्वत् बारे अझ थप अध्ययन अनुसन्धान गर्ने निर्णय गर्नु भयो ।त्यसका साथसाथै उहाँहरूले त्यसबेला केही समय दर्ता नै नगरि थारू भाषाको “लौव पाइला” नामक पत्रिका प्रकाशन गर्न थाल्नु भयो र अन्तमा विक्रम सम्वत् २०६० साल फाल्गुन १ गतेको दिन “लौव पाइला”को दर्ता गरी थारू समुदायले परम्परा देखि नयाँ वर्षका रुपमा मान्दै आएको माघी पर्वलाई सर्वप्रथम २६३० भनेर स्थापित गर्नु भयो ।

अन्ततः शान्तिका अग्रदुत थारूका नश्ल भगवान बद्धको जन्म मितिलाई प्रमुख आधार मानेर निर्माण गरिएको थारू सम्वत्को घोषणा विक्रम सम्वत् २०६४ साल भाद« २२ गते तदअनुसार सन् २००७–०९–०८ तारिखमा बालकृष्ण चौधरीको प्रमुख आतिथ्य एवं लौव पाइला पत्रिकाका अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा थारू सम्वत् २६३० घोषणा भएको थियो । त्यस्तै यसको पृष्ठभूमी भने विक्रम सम्वत्, ईश्वी सम्वत्, नेपाल सम्वत्जस्ता समय रेखाङ्हरूलाई पनि सन्दर्भ तथ्याङका रुपमा लिइएका छन् । यद्यपी भगवान् बुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात बैशाख पूर्णिमाको दिन परेकाले थारू समुदायको नयाँ वर्ष माघमा पर्नु र थारू सम्वत्को मुल आधार भने भगवान् बुद्धको जन्म मितिलाई आधार राख्नुमा पनि प्रश्न उठ्न जान्छ । चालु ईश्वी सम्वत्मा ६२३ जोड्दा भगवान् बुद्धको जन्म मिति आउँछ । यहाँ थारू समुदायको नयाँ वर्ष(माघी पर्व) भन्दा भगवान् बुद्ध ३ महिना २७ दिन पछी जन्मीएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत् या थारू समुदायको नयाँ वर्षमा ल्याउन उतm मितिमा ३ महिना २७ दिन घटाउनु पर्ने हुन्छ ।
जस्तो किः
६२३
+२००७ –०५ –१२
२६३० –०५ –१२ (सन् २००७ मा ६२३ जोड्दा थारू सम्वत् २६३० मे १२ हुन जान्छ ।)
२६३० –०५ –१२
— ०३ –२७
२६३० –०१ –१५ (२६३० साल मे १२ तारिखदेखि ३ महिना २७ दिन घटाउदा २६३० जनवरी १५ तारिख हुन जान्छ)

ईश्वी सम्वत् २००७ जनवरी १५ भन्नु र विक्रम सम्वत् २०६३ साल माघ १ गते भन्नु एउटै हो र माघ १ भन्नु थारू समुदायको नयाँ वर्ष २६३०। यसर्थ अहिले ईश्वी सम्वत् २०१८ हो भने विक्रम सम्वत् २०७४ त्यसैले सोही अनुपातमै थारू सम्वत्को हिसाव गर्ने हो भने विक्रम सम्वत् २०७४ माघ १ गते देखि थारू सम्वत् २६४१ सुरु हुन जान्छ । यद्यपी थारू सम्वत् माघ १ गते देखि सुरु भएपनि विक्रम सम्वत्सँग केवल वर्ष र महिनाको अंकगणितीय भिन्नतामात्र रहेको छ र बाँकी सबै महिना, गते,बार,तिथिहरू विक्रम सम्वत्कै अनुसार चल्ने गर्दछ । यस्तै अन्य महिनाको नाम विक्रम सम्वत्सँग मिल्न गएपनि असोज र मंसिर महिनामा भने थारू समुदायको आफ्नै भाषामा रहेको छ । जसअनुसार असोजलाई “कुवाँर” त मंसिरलाई “अगहन” भनेर चिनिन्छ । यसले गर्दा पनि थारू सम्वत्मा भाषिक भिन्नता नै हाम्रो विशेषता एवं पहिचान बोकेको छ ।

तर जे जस्तो अवस्थामा र जुन आधारमा थारू सम्वत्को निर्माण भएको छ थारू सम्वत्को महत्व र यसबारे प्रकाश पार्न नसक्नुमा हामी जिम्मेवार रहनु पर्दछ । हरेक विषयमा आम जनताको चेतना अभिबृद्धिमा सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहने गर्दछ । त्यसै अनुरुप दाङबाट प्रकाशित थारू भाषाको साप्ताहिक पत्रिका “लौव अग्रासन” र कैलालीबाट प्रकाशित हुँदै आएको थारू भाषाको दैनिक पत्रिका “पहुँरा”ले थारू सम्वत्मा मिति लेख्दै आएपनि यी दुबै पत्रपत्रिकालाई एकआपसमा तुलना गर्दा यी दुबै पत्रपत्रिकाको मितिमा १ वर्षको अन्तर देखिन्छ । जसले गर्दा थारू सम्वत्ले राष्ट्रिय मान्यता पाउनुको साटो स्वयम् थारू समुदाय भित्र नै यसबारे अविश्वास सृजना गरेको छ । जसले गर्दाथारू सम्वत्ले ब्यापकता पाउन सकेको छैन । थारू सम्वत्कै विश्वसनियता र ब्यापकतामा बृद्धि ल्याउने हेतुले जखोर लेक परिषद कैलालीले विगत तिनवर्ष देखि र अन्य संघसंस्थाले थारू भाषामै थारू सम्वत्को थारू भित्तेपात्रो प्रकाशन गरि बजारमा उपलब्ध गराउँदै आइरहेका छन् । जसमा वर्ष,महिना,बार थारू भाषामै उल्लेख गरिनुका साथै थारू समुदायले मनाउँदै आइरहेका जे जति चाड पर्वहरू रहेका छन् ति सवैलाई पात्रोमा समावेश गरिएको छ । जसले थारू जातीका मौलिक चाडपर्वलाई संरक्षण सम्बद्र्धनका साथै गैर थारू माझ पनि हाम्रो चाड पर्वलाई चिनाउन उतm भित्ते पात्रोको भूमिका अतुलनिय छ ।

थारू सम्वत्का बारेमा थुप्रै संस्कृतविद र अग्रज ब्यतिmत्वहरूसँग बुझ्दै जाने क्रममा थारू सम्वत्का वारेमा चित्त बुझ्दो जवाफ भनेको कैलालीका अग्रज ब्यतिmत्व दिल बहादुर थारू र दाङका कनैलाल चौधरीबाट मात्र पाए । गएको साल विक्रम सम्वत् २०७३को माघ महिना पछी मात्र जखोर लेक परिषद, कैलालीले दिल बहादुर थारूको सम्पादनमा विगतका वर्ष देखि थारू भित्तेपात्रो प्रकाशनमा ल्याइरहेको खबर पाउनासाथ दाङमा पनि थारू सम्वत्को प्रबद्र्धनमा ध्यान दिनुपर्छ भन्ने सोंचले दिल बहादुर दाइसँग पात्रो मगाउनु पूर्व नै थारू भित्ते पात्रो सबैले किनिदिनु पर्छ भन्दै सम्र्पकको लागि सामाजिक संजालमा सुचना गरेँ । थारू पात्रो हातमा नआउँदै थुप्रै बुद्धिजिवी, जिज्ञासु लगाएतले उतm पात्रोको लागि मलाई सम्पर्क गरिसकेका थिए सोही माग अनुसार दिल बहाद्र दाइसँग मैलै कम्तीमा १०० पिस पात्रो पठाइदिन भन्दा उहाँले पहिलोपल्ट २५ पिस मात्र उपलब्ध गराइदिनु भयो । तर २५ पिस पात्रोमा २ पिस पात्रो मात्र पात्रोको लागि सम्पर्क गरेका साथीले लिएर जानु भयो बाँकी साथीहरूलाई सम्र्पक गर्दा पनि लिन आउनु भएन । र अन्ततः आफ्नै गाँउको तत्कालिन गाविस कार्यालय, स्वास्थ्य चौकी, मेडिकल, पसल र महटावाहरूलाई निःशूःक वितरण गरिदिए । बेलुकी रक्सी र मासु खान बस्दा निउनतम पाँच सय रुपैयाँ खर्चिन सक्ने तर आफ्नै भाषाको भित्ते पात्रो किन्न मात्र ५० रुपैयाँ पनि तिर्न नसक्ने हाम्रै समुदायमा छरपष्ट छन् ।

हुनत कुनै पनि कार्यको अभिलेख राख्न जुनसुकै मितिमा होस् फरक नपर्ला तर पनि हाम्रै थारूहरूको आफ्नै संंस्कृति बोकेको सम्वत् हुँदाहँदै यहि मिति हामीले ब्यवहारमा लागु गर्न सक्यौं भने यसले हामी थारू जातीको पहिचानलाई उजागर गर्न टेवा पु¥याउनेछ । सम्पुर्ण थारूहरूबीच एकता र भाइचाराको भावना बृद्धीमा पक्कै पनि मद्दतपु¥याउनेछ । तसर्थ अब पूर्वी र पश्चिमका सबै थारूहरूले थारू सम्वत्लाई अपनाउन जरुरी छ । थारू सम्वत्मै अझ बढी अन्यउलता उत्पन्न हुनेगरी छुट्टाछुट्टै थारू सम्वत्मा मिति उल्लेख गर्दै आएका लौव अग्रासन साप्ताहिक पत्रिका र पहुँरा पत्रिकाका सम्पादकहरू र प्रकाशकहरू एवं उतm पत्रिकासँग सम्बन्धित जोकोहि पनि एउटै टेवलमा बसि छलफलको माध्यमबाट आउने दिन एवं यसै वि.सं.२०७४को माघी अगावै नै जसको त्रुटी छ उसैले गल्ती सच्याई दुबै पत्रिकामा उल्लेखित थारू सम्वत्मा एकरुपता ल्याउन जरुरी छ । यसका साथै राष्ट्रिय स्तरका थारू भाषाका अनलाइन खबर पत्रिकाहरू हमार पहुँरा,थारूवान, थारूहट, मुतmीक डगर डटकम लगाएतले पनि थारू सम्वत्लाई प्रमुख मितिका रूपमा राखेर यसको कार्यान्वयनमा ध्यान दिनु पर्छ । यस्तै थारू समुदायको महान् पर्व माघीलाई नयाँ वर्षको रुपमा मनाइन्छ भन्ने थाहा भएता पनि कतिऔँ नयाँ वर्ष हो भनी सरोकार नै नराख्ने तर प्रत्येक वर्ष माघी महोत्सव, कार्यक्रमको आयोजना गर्ने र शुभकामना दिने आयोजक लगाएत सम्पुर्ण पत्रकार,राजनितिज्ञले अहिलेको थारू सम्वत् एवं थारू समुदायको लागि कतिऔँ नयाँ वर्ष हो बुझ्न जरुरी छ । थारू समुदायको नयाँ वर्ष आउन एक सातामात्र बाँकी रहदै देखि माघी विशेष हुने कार्यक्रमका ब्यानरमा मुख्य मिति थारू सम्वत्मा लेखिन अति नै आवस्यक देखिन्छ ।

पछिल्लो समय बर्दियाको बासगढी नगरपालिका र दाङको घोराही उपमहानगरपालिकाले थारू भाषालाई पनि सरकारी कामकाजीे भाषा बनाउने निर्णय गरेको छ जसले गर्दा थारूहरूको आत्मसम्मान र पहिचानमा पक्कैपनि बृद्धि भएको छ । हुनत थारू सम्वत्लाई ब्यवहारिकतामा ल्याउन सहज नहोला तर पनि यसले थारू समुदायभित्र नै ब्यापकता पाउन नसकेको अवस्थामा एक घर एक थारू भित्ते पात्रोलाई अभिलम्वन गर्न जरूरीसँगै यसबारे सबैमा प्रकाश पार्न आवस्यक छ । जुन थारू भित्ते पात्रोले हामी थारूहरूको चाडपर्व, संस्कृतिमा एकरुपता ल्याउन पक्कै पनि सहयोग पुग्ने छ। यसैगरि थारू सम्वत्कै विकास,संरक्षण, प्रबद्र्धन एवं यसमा ब्यापता ल्याउनका लागि खुल्ला रुपमा यसबारे विभिन्न क्षेत्रका अग्रज ब्यतिmत्व एवं बुज्रकहरूसँग बहस चलाउन अति नै आवस्यक छ । थारू सम्वत् अझै विकासकै क्रममा भएकाले विभिन्न त्रुटीहरू पत्ता लगाई यसमा असहमतीभन्दा पनि यसमा सुधार ल्याउन सबैले भुमिका खेल्नु पर्छ । हामीसँग सम्बन्धित राम्रा कुराले नै हो हामीलाई आत्मसम्मान दिने हो । थारू सम्वत् नै हामी थारूहरूका लागि ठूलो उपलब्धी हो । यसले हामी थारूहरूलाई आफ्नो संस्कृति संरक्षणमा अझ हौसला एवं यसप्रति माया मोहका साथ संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको छ । थारू भाषालाई स्थानिय तहमा कामकाजी भाषाको मान्यता पाए जस्तै आउनुहोस् हामी सम्पुर्ण थारूहरू आजैबाट थारू सम्वत्लाई स्थानिय तहहुँदै केन्द«ीय तहसम्म यसको ब्यापतmामा जोड दिऔँ एक न एकदिन त पक्कै हामी लक्ष्यमा पुग्ने नै छौँ । थारू सम्वत्बारे सबैलाई बुझउनुका साथ थारू पात्रोमा जस्तै नेपाली भाषाका पात्रोमा पनि थारूहरूको चाडपर्व उल्लेख गर्नमा जोड दिऔँ ।आजैबाट आफैँदेखि थारू सम्वत्को विकास र प्रबद्र्धनमा जुटौँ । थारू समुदायको महान पर्व माघी एवं नयाँ वर्ष थारू सम्वत् २६४१को सम्पूर्ण थारू समुदाय लगाएत आम नेपालीलाई ढकियाभरीको शुभकामना । यो पर्वले सम्र्पूणमा सकारात्मक सन्देशका साथ सबैमा भाइचारा र आपसी सद्भाव कायम राखोस् ।
जय गर्वावा
लेखको आधारः (जोशाई इन्टरनेशनल युनिभरसिटीमा विद्यावारिधी गर्दै आएका कनैलाल चौधरीको लेख ‘कसरी सुरु भयो थारू संवत?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *