जब यी दुई प्रतिस्पर्धीकाे जम्काभेट भयाे !

लखन चाैधरी/धनगढी।

चुनावी घरदैलो कार्यक्रम गरिरहेको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दुई पूर्वमन्त्रीहरुबीच आज (आइतबार) जम्काभेट भएको छ । कैलारी गाउँपालिका–२ बसौटी गाउँमा घरदैलोको क्रममा पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी र पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीबीच भेटघाट भएको हो । पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । भने पूर्वस्वास्थ्य मन्त्री रामजनम नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन् ।

चुनावी घरदैलोको क्रममा एकले अर्काको आरोपप्रत्यारोप गर्दै हिडेका ती दुई पूर्वमन्त्रीहरु भेटघाटमा भने निकै हर्षित देखिन्थे । उनीहरुले हाार्दिकताका साथ एकले अर्कोसंग भोट मागे । जो–जसले जितेपनि लोकतन्त्र, गणतन्त्र र विकासको जीत हुने भन्दै एकले अर्कोसंग भोट मागेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सभासद हरि श्रीपाइलीले जानकारी दिए ।

बसौटी गाउँ पूर्व कृषिमन्त्री गौरीशंकर चौधरीको जन्म थलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *