गोपाल दहितले समाजका लागि गरेका महत्वपूर्ण कामहरु

सिताराम थारु।

बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

1. २०४१ सालमा बर्दिया जिल्ला श्री किसान माबि स्कुलबाट एसएलसी पास गरी पहिलो थारुको छोरो काठमाडौं अध्ययन गर्न पुगे।

2. २०४८ सालमा चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थारु समुदायको पहिलो एम बि ए (स्नातकोत्तर) गर्ने ब्यक्ति हुन्। जसले काठमाडौंका विद्यार्थीलाइ होम टियुसन पढाएर आफ्नो लक्ष्य पूरा गरे ।

3. २०५२ सालमा सामुहिक युवा क्लब खोलेर समाज परिवर्तनका लागि जनचेतना फैलाउने मूल शुत्रधार हुन्।

4. २०५३ सालमा सामूहिक युवा क्लबमार्फत प्रौढ शिक्षा सञ्चालन गरेर थुप्रै विभिन्न कारणले पढ्न नपाएको प्रौढ ब्यक्तिहरुको आँखा खोलिदिए ।

5. २०५५ सालमा थारु भाषाको पहिलो क्यासेट ओजरार डगर संदेशमूलक गीतहरु निकाली समाज परिवर्तनमा ऊर्जा थपे ।

6. २०५६ सालमा विभिन्न कारण स्कुल पढ्न नपाएका किशोरीहरुलाई किशोरी शिक्षा दिइ उनीहरुको भबिस्यको बाटो खोली दिए ।

7. २०५९ सालमा माओवादीको आरोपमा ४ महिना जेल चलानमा बिभिन्न शारीरिक र मानसिक यातना खेपे । त्यही समयमा समातिएका ७ जनामध्ये ५ जनाले ज्यान जोगाउन सकेनन्। कारागार रहेको बेला समयलाई सदुपयोग गर्दै दहितले थारु, नेपाली र इङ्लिस तीनवटा भाषामा रहेको पहिलो शव्दकोष निकाले र थप २ वटा पुस्तक लेखे ।

8. २०५९ सालमै कारागार जीवन बिताएका दहितलाई ज्ञानेन्द्र सरकारले थारु बुद्धिजीवी हिसाबले ३३ वर्षको कलिलो उमेरमा सहायक मन्त्री बनाइ दिए । यसरी पुलिस प्रशासन र शासकबाट यातना खेपिरहेका दहित एक्कासी मन्त्री हुँदा देशमा हलचल भयो । राज्यको जुन हेराइ थियो सबै थारु माओवादी हुन्, आतंककारी हुन भन्ने भ्रम दहित मन्त्री भएको बेला यो सबै भ्रमलाई चिरे र थुप्रै थारुहरुलाई बचाए । तर माओवादीहरुले समाजमा उल्टो भ्रम छरेर भोट माग्ने अफ्नो मुद्दा बनाए।

9. २०५९ सालमा दहित मन्त्री भएको रिसमा माओवादीले सामाजिक संस्था युनिक नेपालमाथि तोडफोड गर्दै आगो लगाइदिए भने दहितका घरबाट लताकपडा, भाँडाकुडा लुटेर लगे । त्यस संस्थामा रहेको थारुको बहुमूल्य दस्तावेजहरु जलेर नस्ट भए । यही संस्था हो जस्ले कमैया, कमलरीलगायत उत्पीडनमा परेका जाति वर्गका छोराछोरीहरुको आँखा खोली दिएको थियो ।

10. २०५९ सालमा डा दहितले थारुहरुको महान पर्व माघीलाई राष्ट्रिय पर्बको रुपमा स्थापित गराए ।

11. २०६० सालमा जिल्ला सभापति भएको बेला ९ हजार ५ सय कमैयालाई माओवादीबाट जोखिम मोलेर जबर्जस्त मुक्त कमैयाहरुलाई रातो कार्ड दिलाए आज त्यही कार्ड पाएकाहरुले मात्र नेपाल सरकारबाट सेवा सुबिधा पाइरहेका छन् ।

12. २०६५ सालमा प्रचण्ड नेतृत्व सरकारले तरईइका भूमिपुत्र थारुलगायत ९२ जजातजातिलाई मधेसीमा सूचिकृत गरेको विरुद्धमा सशक्त आन्दोलन दहित लगायत केही नेताहरुले अगुवाइमा भएको थियो ।

13. २०७० थरुहट आन्दोलनको जगबाट जन्मेको पार्टी थरुहट तराइ पार्टी नेपालबाट डा. दहित पहिलो पटक समानुपातिक सभासद् भए । संविधान सभा हाउसमा उठाइरहेको निरन्तर अवाजले सासकहरुले घुडा टेक्न बाध्य भए । जस्ले थारुको अस्तित्व र पहिचानलाई स्वीकार्दै थारु पहिचानलाइ छुट्टै संबैधानिक ब्यवस्था गरे ।

14. २०७१ साल थारु जातिमा देखा परेको वंशाणुगत रोग सिकल सेल बारे पहिलो चोटि संसदमा उठाइएको कारण सरकारले १ लाख रकम प्रत्येक बिरामीलाई दिने ब्यवस्था गर्यो र यो रोग जाच्ने मेसिन राख्नसमेत उपलब्ध गर्यो ।

15. २०७४ सालमा पर्यटन क्षेत्रलाई प्रबर्द्धन र विकास गर्ने उद्देश्यले थारु संग्रालय र थारु देउठानको मूल सुत्रधार डा गोपाल दहित हुन् ।

16. २०७३ सालमा थारु समुदायबाट चितवनदेखि पछिम पहिलो पटक बिद्यावारधी (पीएचडी) गरे ।

17. २०७४ सालमा संविधान सभामा थारु आयोग बनाउनमा डा दहितले ठूलो भुमिका खेले । अहिले थारु आयोग संविधानमा ब्यवस्था छ ।

18. २०७४ सालमा गोपाल दहित पहिलोचोटि भुमिसुधार तथा ब्यवस्था मन्त्री हुँदा ९४९० कमहलरीहरुलाइ मुक्त कमहलरी परिचय कार्ड दिलाए ।

19. २०७४ सालमा रास्ट्रको हितलाइ सोचेर अनियंत्रित पल्टिङ र अव्यवस्थित बसोबासले खेतियोग्य जमिनलाई जोगाउनको लागि भूमाफियाको जग्गा प्लटिङ रोक्ने निर्देशन दिए ।

20. थारु समुदायबाट १४ वटाभन्दा बढी बिभिन्न शीर्षकमा पुस्तकहरु निकाली जनचेतना फैलाउने काम गरे । आज त्यही पुस्तकहरूको रिफ्रेन्स लिइ विद्यार्थीहरुले थेसिस लेखिरहेका छन्।

अन्त्यमा, डा गोपाल दहित प्रेरणाका स्रोत हुन्। उहाँले देखाएको शैक्षिक र सामाजिक बाटो एकदमै प्रेरणादायी छ। समाजमा भएका उत्पीडिन बिसंगतिलाई हटाउने काम गरेका दहित अहिले जनताको भबिस्य बोकेका बुद्धिजीवी तथा प्रभावशाली नेता हुन्। बर्दिया क्षेत्र न २ काङ्ग्रेसबाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्यमा उठेका दहित बर्दियाबासिको रोजाइमा परेका छन्।

लेखक दहितका स्वकीय सचिव हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *