थारु सम्वतको वास्तविकता [विचार]

कनैलाल चौधरी।
पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित भएको छ भने अर्कोतर्फ एउटा यस्तो प्रदुर्भाव हुनपुगेको छ, जसले धर्मनिरपेक्ष र संघीयता अर्राष्ट्रिय तरव हो। यसले सामाजिक विखण्डन ल्याउँछ र अन्तत नेपालकै अस्तित्व धरापमा पर्छ भन्ने आँकलन गर्दैछन्।

राष्ट्रियताको सबालमा भर्खरमात्र गएको क्रिश्चियन धर्मालम्वीहरुकोे क्रिशमस र इस्वी संवतको नयाँ वर्षलाई आफ्नो पहिचान र सँस्कृति विपरितको सामाजिक क्रियाकलाप भनि बहिस्कार गरियो। नयाँ वर्ष २०१७ को सट्ठा जनवरी १ तारिखलाई राष्ट्रिय टोपी दिवशको रुपमा मनाइयो। ईश्वी सम्वतको नयाँ वर्ष २०१७ पश्चिमाहरुको पात्रोमा आधारित नयाँ वर्ष भनेर नकारेजस्तै केही वर्ष पश्चात विक्रम सम्वत पनि भारतका विक्रमाद्धित्यले सञ्चालन गरेकोले त्यसअनुसारको नयाँ वर्ष वैशाख १ गतेलाई पनि बहिस्कार गर्ने दिन नआउला भन्न सकिँदैन।

मानव विकाससँगै २०औँ र २१औँ शताब्दि विश्व व्यापीकरणको रुपमा विकसित भयो। एकले अर्काको रहनसहन, भेषभुषा, चलन र सँस्कृति आदि कुरा बुझ्न उत्साहित भए भने आज आएर मानिस आफ्नै शैली आफ्नै चालचलन आफ्नै सभ्यतालाई संरक्षण र सम्बर्द्धन गर्ने लहर चल्दै जाने आभास गतसाल सन २०१६ मा भएको बेरेक्जिटको (युके) जनमत संग्रह र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको चुनावले देखाई सकेको छ। यदि यही प्र्रक्रिया चलिरहेमा भोलि गएर हामी नेपालीले आफ्नो जन्मभूमि नेपालको माटो सँग सुहाउने कला सँस्कृति , रहनसहन र भेषभूषाको संरक्षण गर्नतिर अग्रसर हुनुका साथै आफ्नै सभ्यता र इतिहासको परिसूचक संखधर साख्वाले संचालन गरेको नेपाल सम्वत या त विश्वका शान्ति दूत भगवान गौतम बुद्धको जन्म परिधिलाई आधार मानेर तयार गरेको थारु सम्वत नै नेपालको राष्ट्रिय सम्वत बन्न सक्छ। त्यसैले आज यहाँ नेपाल सम्वत तथा थारु सम्वत सम्बन्धि तथ्यहरु दिँइदै छ ।

म्ाानव सभ्यता तथा विकास क्रममा समयको निकै ठूलो महत्व रहेको हुन्छ। जसलाई इतिहासले हरेक कुराको समय सापेक्ष विश्लेषण गर्दछ। इतिहासले हरेक समय , घटनालाई लेखाजोखा गरी मानव सभ्यताको निमार्णमा , त्यसले पारेको असर एवं प्रभाव बारे विश्लेषण एवंम मूल्याङ्कण गर्दछ । इतिहास निर्माणको क्रममा समयको गणना सम्बन्धि अभिलखिकरणलाई उचित रुपमा निर्धारण गर्नु पनि एउटा महत्वपूर्ण पाटो हुन आउँछ। उदाहरणको लागि कुनै पनि घटना क्रमलाई जानकारी गराउनको लागि कति पुरानो या कति नयाँ भन्ने कुरा आउँदछ। यसलाई ब्यवहारमा लागु गर्ने क्रममा आज विश्वमा विभिन्न किसिमका समय सूचक परिपाटीहरु चलन चल्तीमा आइरहेका छन। ईशापूर्व ४०—४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नै नामको जुलियन क्यालन्डरको सुरुवात गरे। जुलियन क्यालण्डरअनुसार सूर्यमा आधारित दिन, महिना, वर्षको गणना चलनमा आयो। पछि १५५२ तिर रोमन पोपले यसलाई सच्याएर आफ्नै ग्रीगरी नामबाट ग्रीगरीयन क्यालेन्डर चलनचल्तीमा ल्याए जसको केन्द्रविन्दु क्रिश्चियनका भगवान जिसस क्राइष्टको जन्म परिधिलाई मानेका हुन। आज विश्वका सबै क्रिश्चियन लगाएत अमेरिका , यूरोप , अष्ट्रेलिया , जापान लगाएत नेपालमा पनि यही अंग्रेजी पात्रोलाई कामकाजको लागि प्रयोगमा ल्याइन्छ। आजभन्दा २०१६ वर्ष पहिले जन्मेका जिसस क्राइष्टको जन्मलाई उद्गम विन्दु मानेर यस अंगे्रजी पात्रोको सुरुवात गरिएको हो। यस अनुसार जिसस क्राइष्ट जन्मनु भन्दा पहिलेको समयलाई द्यभायचभ अजचष्कत अर्थात भगवान जिसस जन्मनु भन्दा पहिलेको समय भनिन्छ , भने जिसस जन्मे पछिको समयलाई ब्ललय म्य्कष्लष् भनिन्छ। आज विश्वमा यसलाई इश्वी सम्वतको रुपमा चिनिन्छ र हरेक वर्षको जनवरी १ लाई नयाँ वर्षको रुपमा मनाउने गरन्छि।

त्यस्तै भारतका राजा विक्रमाद्धित्यले संचालनमा ल्याएको विक्रम सम्वत नेपालमा करिब १८२३ तिर देखि चलन चल्तीमा आएको हो , र नेपालका राणा शासकहरुले १९५८ देखि कार्यालय प्रयोजनको लागि सरकारी मान्यता प्रदान गरे। हामीले विक्रम सम्वतलाई हिन्दु सम्वतको रुपमा पनि चिन्दछौँ। त्यसै गरी नेपालमा प्राचिन कालदेखि चलन चल्तीमा रहेका अन्य सम्वतहरु मध्य लिच्छवी सम्वत , किराँत सम्वत , थारु सम्वत र नेपाल सम्वत रहेका छन्। यी विभिन्न सम्वतहरु मध्य यहाँ नेपाल सम्वत र थारु सम्वतको बारेमा केही जानकारी गराइन्छ।

नेपाल सम्वत
प्राचीन नेपालमा आवश्यकता अनुसार शक सम्वत प्रचलनमा रहेको पाइन्छ। यस सम्वतलाई सबैभन्दा पुरानो सम्वत पनि मानिन्छ। यो सम्वत वर्तमान काठ्मान्डौ उपत्यका तत्कालिन बाइसे , चौविसे राज्यहरु लगाएत अन्य राज्यहरुमा पनि प्रचलनमा रहेको पाइन्छ। काठ्मान्डौ उपत्यकामा शक सम्वत तत्कालिन नेवारी राजा राघबदेवको पालामा समाजसेवी शंखधर शाख्वाको अनुरोधमा ईश्वी सम्वत ८८० तिरबाट संचालनमा आएको थियो। काठ्मान्डौ उपत्यकामा विक्रम सम्वत ९३६ तिर वा ईश्वी सम्वत ८७९ तिर शक सम्वत ८०१ आइपुग्यो। त्यसबेलामा नेवारी परम्परा अनुसार ८ लाई अशुभ अंक मानिन्थ्यो। त्यसैले त्यसबेलामा उपत्यकाका शासक वर्ग र जनतालाई ९८ वर्ष (८०१, ८०८, ८८०, ८८८, ८९८) सम्म जुन वर्षमा ८ आउँथ्यो ती वर्ष ८ अंकले सताउनु स्वभाविकै थियो। फलस्वरुप तत्कालिन राजा राघबदेवले उपलब्ध विधानको सुझाव अनुसार ८ को अशुभ अंक बाट छुट्कारा पाउन शक सम्वतको ८०१ वा ८०२ बाट अगाडिको ८० कट्ठी गरी कार्तिक शुक्ल प्रतिपदाको दिन देखि “नेपाल सम्वत १” प्रारम्भ गराएको देखिन्छ।

विक्रम सम्वत २०६४ साल कार्तिक २४ प्रतिपदाको दिन भन्दा पहिले नेपाल सम्वतलाई सरकारले मान्यता दिएको थिएन खाली नेवार समुदायले मात्र आफ्नो साँस्कृतिक नयाँ वर्षको रुपमा मनाउने गर्दथे र आफ्नो साँस्कृतिक पात्रोहरुमा मात्र प्रयोग गर्दथे तर विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशन तथा नेवार समुदायको सक्रिय अनुरोधका बाबजुत नेपाल सरकारले नेपाल सम्वतलाई सरकारी मान्यता प्रदान गर्यो। जसअनुसार इश्वी सम्वत २००७ साल नोभेम्वर १० तारिखका दिन नेपाल सम्वत ११२७ समाप्त भएर ११२८ प्रारम्भ भयो र हाल २०७३ साल अर्थात ईश्वी सम्वत २०१७ भन्नु र नेपाल सम्वत ११३७ भन्नु एउटै हो।

यहाँ नेपाल सम्वत ११३७ र शक सम्वत १९३८ भन्नुमा कुरा उस्तै हो। शक सम्वत ८०१ म्ाा ७९ जोड्दा ईश्वी सम्वत ८८० हुन्छ। नेपाल सम्वत यसरी नै यति समयमा प्रारम्भ भयो भन्ने कुराको यकिन नभएता पनि किलहर्नका अनुसार नेपाल सम्वतको प्रारम्भ सन् ८७९ या ८८० को अक्टोवर २० तारिख देखि प्रारम्भ भएको अनुमान रहेको छ। त्यस बेला काठ्मान्डौ ललितपुर राज्य अन्तर्गत शोसित भएको बेला शंखधर शाख्वाको अनुरोधमा चलाएको सम्वत भएकोले नेपाल सम्वतलाई शंखधरकृत नेपाल सम्वत पनि भनेर चिनिन्छ।

थारु सम्वत
जसरी नेपाल सम्वतको सुरुवात भएको हो, त्यसरी नै थारु सम्वतको पनि सुरुवात भइसकेको छ। तर नेपाल सरकार बाट मान्यता पाउन अझैँ बाँकी नै छ। थारु सम्वतको बारेमा त धेरै पहिले नै सोच आएको हो जुन बेला हामी बाल्यकालमा साँस्कृतिक रुपमा नयाँ वर्षको रुपमा माघी पर्वलाई मान्ने गर्दथ्यौँ। तर जब हामी नयाँ वर्षको अर्थ बुझ्न सक्ने भायौँ त्यसबेला मनमा एउटा कुरा खटि्कन थाल्यो, यो माघी (नयाँ वर्ष) हाम्रो कतिऔँ थारु नयाँ वर्ष अर्थात थारु सम्वत हो त? तर त्यसबेला हामीमा अध्ययन अनुसन्धान गर्ने दक्षताको अभावका कारण समयलाई त कुर्नै पर्यो। समयको गति सँगै हामी यस कुराको अध्ययनमा तल्लिन रह्यौँ, जब हामी उच्च शिक्षा प्राप्त गर्न सफल भयौँ र लामो समयको अध्ययन अनुसन्धान पश्चात हाम्रा बुझरुकहरु सँगको सल्लाह अनुसार तिन चार गाउँका साथीभाइहरु ( नारायणपु–८ बुधौरा, नारायणपुर–९ बुटनियाँ र जलौरा) मिलेर यस कुरामा अझै गहन अध्ययन र अनुसन्धान गर्ने निर्णय गरियो। त्यस बखत हामीले अर्को एउटा कामको थालनी गर्यौँ जो विना दर्ता “लौव पैला” नामक थारु भाषाको पत्रिका प्रकाशन गर्न थालियो। केही वर्ष सम्म विना दर्ता नै “लौव पैला” नामक मासिक पत्रिका प्रकाशनमा आयो। केही वर्षपश्चात विक्रम सम्वत २०६० साल ११ महिना १ गतेका दिन यो पत्रिकालाई काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल काठ्मान्डौँले दर्ता गर्यो। त्यस पश्चात तीन वर्षको समय अबधिमा नै अथक अध्ययन र अनुसन्धान पछि सदियौँ देखि नयाँ वर्षको रुपमा मनाउँदै आएको माघी पर्वलाई सर्वप्रथम २६३० भनेर स्थापित गरियो।

धेरै वर्षको अथक मेहनत र प्रयास पछि वि.सं. २०६४ भाद्र २२ तद्अनुसार सन २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा पत्रकार सम्मेलन गरी थारु सम्वतको घोषणा गरियो। साथै यसबारेमा विभिन्न पत्रपत्रिकाहरुमा पनि जानकारी गराई प्रकाशनको लागि आह्वान गरियो। जसमा थारु सम्वत निर्माणको प्रमुख आधारको रुपमा शान्तिका अग्रदूत थारुहरुका नश्ल भगवान बुद्धको जन्म मितिलाई मानियो भने यसको पृष्ठभूमिका रुपमा विक्रम सम्वत , ईश्वी सम्वत , नेपाल सम्वत जस्ता समय रेखाङ्कहरुलाई पनि सन्दर्भ तथ्याङ्कका रुपमा लिइएका छन्।

यहाँ एउटा प्रश्न आउँछ कि २६३० , २६३१ ,एवं रुपले हाल २६४१ कसरी हुन्छ त?
यहाँ भगवान बुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात वैशाख पूर्णिमाको दिन पर्न जान्छ। त्यस हिसाबले भगवान बुद्धको जन्म मिति देखि अहिले सम्मको जम्मा वर्ष ,
६२३-०५-१२
± २००७-०५- १२
२६३०-०५-१२
अर्थात सन् २००७ मे १२ मा थारु सम्वत २६३० हुन गयो , तर थारुहरुको नयाँ वर्ष त माघ महिनाको १ गते हुनेगर्दछ त्यसैले यसलाई थारु सम्वतमा मिलाउनुपर्दा बढिभएको समय माघ १ देखि वैशाख २९ सम्म करिब तीन महिना २७ दिन घटाउनुपर्ने हुन्छ। अतः
२६३०-०५- १२
-०-०३-२७
२६३०- ०१-१५
अर्थात थारु सम्वत २६३० साल सन् २००७ को १५ तारिख भयो संयोगबश यसै दिन थारुहरुको विशेष चाड एवं नयाँ वर्ष माघी पर्व पर्न जान्छ। यस हिसाबले सन् २००७ साल जनवरी १५ तारिखका दिन वास्तविक थारु सम्वत २६३० माघ १ गते पर्न जान्छ। तसर्थ जनवरी १५ भन्नु र माघ १ भन्नुमा कुनै अन्तर छैन। त्यसैले यस हिसाब बाट सन २००७ जनवरी १५ का दिन विक्रम सम्वत २०६३ माघ १ गते र थारु सम्वत २६३० माघ १ गते भन्नु गणनाको हिसाबले खासै अन्तर छैन। तर पनि थारु सम्वत हाम्रो थारु सँस्कृति अनुसार निकै महत्व बोकेको हुन्छ , यसले सम्पूर्ण थारु जातिको पहिचान उजागर गराउँछ , थारुहरु बीच एकताको भावना जगाउँछ , हामीलाई आत्म सम्मानको अनुभूति दिलाउँछ ,त्यसैले थारु सम्वत हाम्रो लागि निकै ठूलो उपलब्धी हो।

थारु सम्वत घोषणाको निर्णय अनुसार थारु सम्वत र विक्रम सम्वतमा मात्र वर्ष र महिनाको अंकगणितिय भिन्नता छ तर गते, दिन र बार उही भएता पनि भाषिक भिन्नता थारु सम्वतको थप विशेषता अर्थात पहिचान हुन जान्छ। उदाहरणको लागि विक्रम सम्वत २०६५ असोज ३० गते शुक्रबारको दिन थारु सम्वत २६३१ कुवाँर ३० शुक्रबार नै रहन्छ भने २०६५ माघ १ गते थारु सम्वत २६३२ सुरु हुन जान्छ। एवं प्रकारले २०७३ पौष ३० गते सम्म थारु सम्वत २६४० हुन्छ भने २०७३ माघ १ गते थारु सम्वत २६४१ सुरु हुन जान्छ। अर्थात विक्रम सम्वत २०७३ सालमै थारु सम्वत २६४० र २६४१ दुवै पर्न जान्छ। किन कि थारुहरुको नयाँ वर्ष माघ १ मा सुरुभएता पनि विक्रम सम्वत अनुसार नयाँ वर्ष वैशाखमा मात्र सुरु हुन्छ। त्यसकारण अब आउने २०७३ सालको माघ १ गते थ्ाारुहरुको महान चाड माघी पर्वका साथै थारु सम्वत अनुसार नयाँ वर्षको पनि सुरुवात हुनजान्छ।

थारु सम्वत अनुसन्धानकर्ता
(हालः जोशाई इन्टरनेश्नल युनिभरसिटी टोकियोमा विद्यावारिधि गर्दै)

One thought on “थारु सम्वतको वास्तविकता [विचार]

Leave a Reply

Your email address will not be published. Required fields are marked *