सांसद कृपाराम रानाद्वारा एम्बुलेन्स हस्तान्तरण

संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन्।

उनले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी सर्वसाधारणको उपचारमा थप टेवा पुग्ने बताए। स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख दिलीपसिंह साउदले सांसद रानालाई दुई कोठे पक्की भवन, इन्सीनेटर, डम्पिङ साइट, पर्खाल रङरोगनका लागि रु १७ लाख ५० हजार रकमको व्यवस्था गरिदिनका लागि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *