चितवनका थारुहरुको जग्गा लुटिँदै

कारी महतो/चितवन।

थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् ।

त्यसैसम्बन्धी थाकस चितवनले विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाई भदौ २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको छ । भेलामा बेनी चौधरी भनिने फटाला चौधरीले आफ्ना बुबा र काकाले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएको साविक भण्डारा २ मा अवस्थित १ बिघा १ कट्ठा १८ धुर जग्गा जालसाजी गरेर बलराम धरेलले आफ्नी आमा ललितादेवी धरेलको नाममा लालपुर्जा बनाई आफूलाई सुकुम्बासी बनाएको बताए ।

सोही जग्गामा आफूले पहिले नै बनाएको पक्की घर समेत भत्काउनका लागि डर धम्की दिनुका साथै झुट्टा मुद्दामा फसाई प्रहरी प्रशासन लगाएकोले आफू निकै अन्यायमा परेको कुरा बताउँदै आफूलाई सहयोग गर्नको लागि थाकसमा उनले निवेदन दिएको जनाए ।

त्यस्तै रत्ननगर १७, सिसुवारका बेचन महतोका छोरा अनिल महतोले हजुरबाको पालादेखि भोगचलन गर्दै आएको जग्गा चेतना अभावकाकारणले आफ्ना बाउबाजेले लालपुर्जा नबनाएको तर अहिले आएर रत्ननगर नगरपालिका कार्यालयले उक्त जग्गामा आफूले बनाएको पक्की घर भत्काउनका लागि साउन २८ गतेका दिन ३५ दिने सूचना निकालेको बताए । त्यसले आफू निकै पीडामा रहेको जानकारी गराउँदै आफूलाई सहयोग गर्नका लागि थाकसमा निवेदन दिएको उनले जनाए ।

फटाला (बेनी) चौधरीका विषयमा बोल्दै स्थानीय समाजसेवी कृष्ण अर्यालले प्रमाणपत्रका आधारमा उक्त जग्गा फटालाकै हुनुपर्ने बताएका छन् । उनकाअनुसार थारु होस् वा पहाडिया, यदि कोहि अन्यायमा परेका छन् भने न्याय दिलाउन साथ दिनुपर्ने बताए । उनले आफूले बेनी चौधरीको पक्षमा बोल्ने गरेकोले उक्त जग्गा मध्ये १ कट्ठा बेनीलाई दिएर मिलाई दिएको खण्डमा आफ्नो नाउँमा पनि १ कट्ठा दिने प्रलोभन देखाएका थिए ।

वक्ताहरुले फटाला (बेनी) र अनिल महतोको समस्या प्रतिनिधि समस्या भएको र यस्ता समस्याहरु चितवनका चारओटै नगरपालिकाहरुमा भएको बताएका छनु । हाल दृष्टि बन्धकीको नाममा थारुमात्र नभई सबै समुदाय पीडित भएको र सबै समुदायका जग्गा जमिन लुटिदै गएकोले यस सम्बन्धि नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

भेलामा रामलाल महतो, ललितकुमार चौधरी, टिकेन्द्र चौधरी, रामेश्वर चौधरी, कृष्ण महतो, प्रदिप चौधरी, नारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । भेला थाकस चितवनका सभापति विश्राम महतोको अध्यक्षतामा भएको थियो ।

2 thoughts on “चितवनका थारुहरुको जग्गा लुटिँदै

  1. भारतको_दिर्घकालीन_नेपाल_नीति’’ बास्तबिक अनि तितो एथार्थ बिगत देखी हाल बर्तमान सम्म देखिएका परिघटनाले भबिस्यको निर्धारन गर्छ!! धेरै नेपाली नेताले एउटा ठूलो भ्रम बाड्ने गर्छन्, भारतबिना नेपालको विकास संभव छैन भन्ने। तर यथार्थ बिल्कुल फरक छ। तिनले सत्य बोलेका होइनन्, भारतको योजनामा जनता माथि मनोवैज्ञानिक आक्रमण गरेका हुन्। भारतको मूल नेपाल नीति नेपाललाई गरीब र असक्षम बनाएर सधै भरि आफू आश्रित रहोस् भन्ने हो, त्यस्को जगमा नेपालले आफ्ना श्रोतहरु भारतलाई हस्तान्तरण गरोस् भन्ने हो, र अन्तत: हार खाएर आत्मसमर्पण गरोस् भन्ने हो!!
    त्यसैले भारत नयांनयां सन्धीसंझौताको लागि हरेक सरकारलाई दबाब दिइरहन्छ, तर भएका सन्धी संझौता कार्यान्वयन गर्दैन!! तराईको हुलाकी मार्ग होल्ड गरेर पच्चिसौं वर्ष पनि बेहाल छोड्नु, र महाकालीमा संझौता पछि पनि विसौं बर्ष काम शुरु नगर्नुको मूल कारण त्यही हो।
    भारतले हाम्रा नदी होल्ड गरेको बिजुलीका लागि होइन, आफ्ना लागि भविष्यसम्म पानी सुरक्षित गर्न हो!! बिजुलीका श्रोत त अरु पनि छन्, तर पानीका छैनन्। सुदुर भविष्यसम्म नेपालीले पानीको प्रयोग नगरुन्, र बढी भन्दा बढी पानी आफूतिर गइरहोस् भनेरै उसले हाम्रा नदीहरु होल्ड गर्छ, तर कुनै पनि परियोजना सम्पन्न गर्दैन!! परियोजना सम्पन्न गर्दा हुने सानोतिनो विकास पनि ऊ रोक्न चाहन्छ।
    फाष्टट्र्याक उसले या त बन्न नदिनकै लागि या बने पनि त्यो रुटमा पर्ने प्राकृतिक खजाना हात पार्ने र काठमान्डौमा सधै सुरक्षा थ्रेट बढाउने योजनाका साथ कब्जा गर्न खोजेको हो!
    ९-९ महिनामा सरकार बदलिने संसदीय प्रणाली उसकै चाहना हो। भारतकै चाहनामा पहिलो संविधानसभा अगाडि तिसौं लाख गैरनेपालीले नागरिकता लिए। भारतका धेरै जसो चाहना संविधानमा संबोधन भएकै छन्। केही थोरै छुटेका थिए त्यसकै लागि नेपाली जनता माथि नाकाबन्दी थोपर्यो भारतले। संविधान संशोधनको वाइहात प्रयास त्यसैको लागि हो ।
    नेपालका निर्णायक ठाउंमा आफ्ना मान्छे पुर्याउने, संसदमा धेरैभन्दा धेरै आफ्ना मान्छे पुर्याएर दबाब बढाउने, तराईमा आफ्ना मान्छेलाई बहुमतमा पुर्याएर कब्जा गरी काठमान्डौलाई दबाबमा राख्ने, र अन्तत: संसदमै दुईतिहाई पुर्याएर सिक्किमको नियतिमा नेपाल पुर्याउने!! त्यो गर्न ढिलो भए, पहिले तराईलाई क्राइमिया शैलीमा लिएर पछि पहाडलाई कब्जा गर्ने!!
    त्यतिन्जेलसम्म नेपाललाई जर्जर निरिह र अस्थिर बनाउनु, जनजीवन दुखद बनाउनु, राजनैतिक नेतृत्वलाई पङ्गु बनाउनु, र अन्तत: जनतालाई वाक्कदिक्क बनाएर धेरैभन्दा धेरै जनतामा “बरु भारतले नै लिए लिओस्” भन्ने मनोविज्ञान तयार गर्नु, भारतको “रोडम्याप” हो।
    यही दिर्घकालीन योजना नै भारतको स्पष्ट र दृढ दीर्घकालीन नेपालनीति हो!! उसले यही नीतिलाई मूर्तरुप दिन अहिले आफ्ना सबै “कार्ड”हरु ओपन गरेको छ।
    हाम्रा धेरै नेता भारतको त्यही नीति अनुसार काम गर्न अभिषप्त छन्, किनकि तिनले उसको नून खाएका छन्! जुनजुन नेताले भारतबिना नेपालको विकास संभव छैन भन्छ, उसले आफ्नो होइन भारतको कुरा बोलेको हो। ऊ यथार्थमा भारतको दलाल नै हो ! आफ्नो नीजि स्वार्थ्यका लागि देशघात गर्ने ती प्रत्येक नेता नेपाली जनताका सत्रू हुन्!!
    चीन र भारतबिचको नेपालको भूराजनैतिक अवस्था नेपालको बिडम्बना होइन, सुनौलो अवसर हो। जसजसले भूराजनीतिक अवस्थितिलाई देखाएर भारतबिना नेपालको विकास संभव छैन भन्छन्, तिनले जनतालाई मनोवैज्ञानिक रुपमा भारतको पक्षमा दबाबमा राख्न त्यसो भनेका हुन्!!!

  2. Good job…if our tharus will get the chance to work every sector then such types of thing gone collaps automstically. We must treat like a good teacher for pur generation….

Leave a Reply

Your email address will not be published. Required fields are marked *