indian army

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् । एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको प्रहरीले जनाएको छ । १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् ।

गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको छ ।
अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

गोली कसले र किन हानेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *