ranjit-ray.Indian-ambassdor

भारतीय दुतावासले सिमा सुरक्षा बलले गोली चलाएको बारे समाचारमा आएको विवरण गलत भएको दाबी गरेको छ । नेपाली भूमीमा आएर गोली नचलाईको र नेपाली घाइते समेत नभएको उसले जनाएको हो ।  दुतावासद्वारा प्रकाशित बिज्ञप्तीका अनुसार, सुनसरी पारीको भारतीय क्षेत्रमा गस्तीमा सिमा सुरक्षा वलमाथि तस्करहरुले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाएइको हो ।

‘विहान ५.२० बजे एसएसबीको एउटा गस्ती समुह सुनसरी पारीको भारतीय भूमीमा तस्कर समुहसंग आमन सामने भयो । जव तस्करहरुलाई एसएसबीले अनुसन्धानमा लिन खोज्यो, उनीह्रुले गस्ती समुहमाथि आक्रमण गरे । एक जना सिपाही घाइते भए । एकजना सिपाहीले प्रतिरक्षामा हवाई फायर गरे, त्यसपछि बल्ल तस्करहरु छिन्नभिन्न भए,’ बिज्ञप्तीमा भनिएको छ ।

उक्त घटना भारतीय भूमीभित्र भएको र त्यसमा कुनै पनि नेपाली नागरिक घाइते नभएको दाबी भारतको छ । घटनाबारे स्पष्ट पार्न जारी बिज्ञप्तीमा नेपालमा आपूर्ती सहजीकरणका लागि भारत निरन्तर तयार रहेको समेत जनाइएको छ । आपूर्तीलाई सहज गर्ने क्रममा एसएसबीले नेपाल– भारत शान्ति तथा सुरक्षा कायम राख्ने कामलाई निरन्तरता दिने समेत उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *