America-2-846x450नाकाबन्दीको कारण विभेदकारी नेपालको संविधान रहेको भन्दै अमेरिकामा प्रदर्शन भएको छ । मधेशी–थारुको हत्या बन्द गर, माग पुरा गर जस्ता नारासहित वाईट हाउस अगाडि प्रदर्शन भएको हो ।

मधेश–थरुहटमा जारी आन्दोलनले सय दिन पुरा गरेको अवसरमा प्रदर्शन भएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

आन्दोलन सय दिन पुरा गरेको अवसरमा प्रदर्शन भएको आयोजक संस्था मध्येका एक मधेश मानव अधिकारका राम मनोहर साहले हुलाकी न्यूजलाई बताएका छन् ।

यता एशोसिएशन आफ नेपाली तराईयन इन अमेरिका (एन्टा)ले प्रदर्शन अगाडि जारी गरेको विज्ञप्तिमा नेपालको नयाँ संविधानको विरुद्ध, मधेशमा भएको मानव अधिकारको हननका विरुद्ध र भारतीय नाका मधेश आन्दोलनका कारण बन्द भएको जनाउन प्रदर्शन हुने जनाएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *