Chapur protest 01

थारुहरुले आजदेखि दोस्रोचरणको आन्दोलन सुरु गरेको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि अनिश्चितकालीन आन्दोलन गर्दै आए पनि विभिन्न कारणले आन्दोलन बीचमै सेलाएको थियो। सरकार थारुको मागप्रति गम्भीर नभएको देखेर थारुहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्। थारुहरुले तराई विभिन्न जिल्लामा आज प्रदर्शन गर्दैछन्।

कैलाली कञ्चनपुरलगायत पूर्वका झापासम्कै थारुहरुले प्रदर्शन गर्दैछन्। थारुको आम हड्तालका कारण टीकापुर, नेपालगन्ज, देउखुरी, पर्सामाडी, वीरगन्ज, कलैया, गौरलगायतका स्थानहरु प्रभावित बनेका छन्।

त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको आमहड्ताल आज एक सय दिनमा पुगेको छ। सय दिन पुग्दा आन्दोलन झन कडा बनेको छ। मधेसी मोर्चाका कार्यकर्ताले आगजनी तोडफोड सुरु गरेका छन्। बिहान मोरङमा दुई वटा यात्रुबाहक बसमा तोडफोड गरिएको छ।

सरकार र मधेसी मोर्चाको वार्ता भने अनिश्चित बनेको छ। सरकार पक्षले विपक्षी दलसँग समेत छलफल गरेर धारणा बनाउने भनेपनि छलफल हुन सकेको छैन। मधेसी मोर्चाले आन्दोलन केही खुकुलो बनाएको बताएपनि तोडफोड रोकिएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *