Rajkumar Lekhi

थारु नेता राजकुमार लेखीले तराई मधेसमा सेना परिचालन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। नेमकिपा अध्यक्ष नारायणमाण विजुक्टछेले तराई मधेसमा सरकारले सेना परिचालन गर्नुपर्ने दिएको अभियव्यक्तिलाई चुनौती दिँदै लेखीले सेना पठाएर देखाउन चुनौती दिए।

‘सरकारसँग हिम्मत छ भने तराईमा सेना परिचालन गरेरेर देखाओस्,’ सप्तरीमा थारु मधेसीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘सेनासँग सामना गर्न थारु मधेसी तयार छन्।’

उनले शनिबारदेखि हुने अनिश्चितकालीन आमहड्ताल कडा आन्दोलन हुने बताए। थारु मधेसीको मागप्रति सरकार अझै गम्भीर नदेखिएको भन्दै उनले कडा आन्दोलन गर्नुको विकल्प नरहेको बताए।

उनले थारु मधेसीको एकताले नै आन्दोलन बलियो हुने बताउँदै सफलता नमिलेसम्म एकता अपरिहार्य रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *