chicago_USAयुएनडिपीको एनपिस अवार्ड विजेता कौशिला चौधरी र शर्मिला चौधरीलाई अमेरिकाको सिकागोस्थिति नेपालीहरुले भब्य स्वागत गरेका छन्। एनआरएन इल्लिनोइज च्याप्टरको मुख्य आयोजना र सिकागोस्थित सिकागोल्याण्ड नेपाली समाज, सिकागोल्याण्ड थारु समाज र थारुज एण्ड फ्रेन्ड एसोसिएसनको संयोकत्वमा भएको हो। कार्यक्रममा एनआरएनको तर्फबाट हेमनारायण चौधरीले स्वागत गर्दै एनपिस अवार्डबारे प्रकास पारेका थिए।

कमैया अभियन्ता तथा पूर्वकमलरी चौधरीले आफ्नो संघर्ष र कमलरी मुक्तिको अनुभव साटेकी थिइन्। एकल महिलाका रुपमा काम गर्ने शर्मिला थापाले पनि एकल आमाहरुको संघर्ष र आफूले भोगेका दुःख र चुनौती साटेकी थिइन्।

कार्यक्रममा सहभागीहरुले चौधरी र थापाको कामलाई प्रशंसा गरेका थिए। एनआरएन इल्लिनोइज च्याप्टरका सचिव सत्यनारायण चौधरीले कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रममा यादव पण्डित, एनअरएन इलिनोइज च्याप्टरका अध्यक्ष सुमन ओस्ती,  सिकागोल्याण्ड फ्रेन्डसिप सोसाइटीका अध्यक्ष जितेन्द्र राना, नेप्लिज अमेरिकन सेन्टरका भीपी रमाकान्त खरेल, सिकागोल्याण्ड थारु सोसिइटीका उपाध्यक्ष इन्द्रकान्त चौधरीको सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *