Tharu Sangrahalya 02

कावासोती नगरपालिका-१६ डण्डामा रहेको राष्ट्रिय थारु संग्रहालय व्यवस्थित गर्न नेपाली युएई प्रवासी ग्रुप र युएई थारु प्रवासी समाज तयार भएको छ। दुबै समूहले राष्ट्रिय थारु संग्रहालयलाई ब्यवस्थित र नमूना संग्रालय बनाउन सहयोग गर्ने भएको छ।

संग्रहालय समिति र प्रवासी प्रतिनिधिबीच संग्रहालय क्षेत्रमा भौतिक निमार्णसँगै गुरु योजना निमार्ण गर्ने सहमति भएको छ। संग्रहालय र प्रवासीबीच भएको सहमतिपछि कावासोतीमा पत्रकार सम्मेलन गरी जानकरी गराइएको थियो।

संग्रहालयको भवन, गेट, बुद्धको मुर्ती संरक्षण र पार्क निमार्ण गर्ने इच्छा देखाएको एनआरएन दुबईका उपाध्यक्ष नेत्र थारु थनेतले जानकारी दिए। ‘हामीहरुले राष्ट्रिय संग्रहालय निर्माणका लागि गुरु योजना मागेका छौं,’ थारुले भने, ‘उहाँहरुले संग्रहालयको गुरु योजना दिएपछि मात्र काम सुरु हुन्छ।’

थरुहट आन्दोलनको क्रममा संग्रहालयमा तोडफोड र आगजनी भएको थियो। त्यही बेलादेखि रकम अभावले संग्रहालय व्यवस्थित हुन सकेको छैन।

संग्रहालयका लागि राज्यले पनि कुनै बजेट विनियोजन नगरिदिएको ईन्द्रबहादुर महतोले बताए। २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित ५ सदस्य समिति निमार्ण गरिएको युएई नेपाल प्रतिनिधि रामप्रसाद महतोले जानकारी दिए।

थारु समुदायको संस्कृति झल्किनेगरी संग्रहालयलाई ब्यवस्थित बनाउने संग्रहालय समितिको भनाइ छ।

त्यस्तै युएईमा रहेका ४० जना प्रवासीले कावासोतीमा प्रवासी सपिङ सेन्टर सञ्चालनमा ल्याउने तयारीमा छन्। कावासोतीमा सुविधा सम्मपन्न करिब ३ करोडको लगानीमा प्रवासी सपिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी भएको महतोले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *