dhoti1

मधेसी मोर्चाका कार्याकर्ताले रौतहटको गरुडामा धोती जुलुस प्रर्दशन गरेका छन्। मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आमहड्तालको ५४ दिन बितिसक्दा पनि राज्यले मधेसीको समस्या सामाधान नगरेको भन्दै नागरिक समाज गरुडाको अगुवाइमा हजारौंको संख्यामा रहेका कार्यकर्ताले धोती जुलुस प्रर्दशन गरेका हुन्।

नागरिक समाज गरुडाका संयोजक रामप्रवेश यादवको नेतृत्वमा गरुडा नगरपालिकाभर गाउँगाउँबाट हजारौंको संख्यामा भेला पारिएका कार्यकर्ताले धोती लगाएर नगरपालिका वरिपरिका गाउँ परिक्रमा गरेका हुन्। जिँगडिया, गरुडा, लक्ष्मीपुर हुँदै शिवनगर बजारमा आएर प्रर्दशन समापन गरिएको थियो।

नेपालको संविधान २०७२ मा आफना हकअधिकार समेटीनुपर्ने मागगर्दै विभिन्न मधेसी मोर्चाले गत साउन ३० गतेदेखी नै अनिश्चितकालीन आहड्ताल जारी राख्दै विगत १२ दिनदेखी नेपाल भारत सीमा क्षत्रेमा नाकाबन्दी गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *