Baburam_tharuhat protest 01

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमांकनबारे थारु समुदायको माग जायज भएको बताएका छन् । तर, नेपालको आन्तरिम समस्यालाई लिएर छिमेकी मुलुक भारतले नाकाबन्दी गर्नु बेठिक भएको बताए । एमाओवादी परित्याग गरेपछि तराई मधेसका जिल्लाहरुको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री भट्टराई बुधबार कैलाली पुगेका थिए । मसुरियामा भएको आमसभामा भट्टराई र हिसिला यमी थरुहट थारुवान जिन्दाबाद लेखिएको फेटा बाँधेर मञ्चमा बसेका थिए । लेखक खगेन्द्र संग्रौला र ओम गुरुङ पनि कार्यक्रममा सहभागी थिए।
Baburam_tharuhat protest 04

सभालाई सम्बोधन गर्दै भट्टराईले सात प्रदेशको सीमांकनमा थारु र मगर समुदायको क्लस्टर बिग्रिएको बताए । अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समिति र आयोगले समेत मधेसमा दुई प्रदेशको सिफारिस गरेको भन्दै उनले जायज माग सम्बोधन गर्नु पर्ने बताए ।
थारु र अखण्डको माग राज्यसँग भएको भन्दै उनले कसैले पनि एकअर्काविरुद्ध विद्वेष फैलाउन नहुने बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले भारतीय नामाबन्दी नाजायज भन्दै विरोध गरे । उनले सबै मिलेर कूटनीतिक रुपमा समस्या समाधानका लागि पहल गर्नुपर्ने समेत बताए।

Baburam_tharuhat protest 03

‘७ गतेको घटना अपराधिक, ८ गतेको चाहिँ केही होइन’

त्यस्तै थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले कार्यक्रम भब्यरुपमा सफल भएको बताए। उनले कार्यक्रममा हजारौं थारुहरुको सहभागिता रहेको बताए। सभालाई सम्बोधन गर्दै उनले विदेशमा रहेका थारु-मधेसीको पनि आन्दोलनमा पूर्ण एक्यबद्धता रहेको बताए। उनले आफू त्यसकै निम्ति आन्दोलनमा होमिएको बताए। ‘विदेशमा बस्ने थारु-मधेसीले आन्दोलनलाई पूर्णरुपमा समर्थन जनाएका छन्,’ उनले भने।

Baburam_tharuhat protest 02

उनले टीकापुरमा भदौ ७ गते घटनालाई अपराधिक घटना देख्ने राज्यले ८ गतेको घटनालाई किन अपराधिक नदेखेको प्रश्न गरेका थिए। त्यो दिन थारुका घर, सञ्चारगृह र थारु महिलामाथि दुर्व्यवहार भएको थियो। उनले थारुलाई मात्र पेल्न खोजेको हो भने सामूहिक गिरफ्तारी दिन आफूहरु तयार रहेको बताए। ‘राज्यले एकपक्षीय रुपमा थारुहरुलाई मात्र पक्राउ गरेको छ। सबैको नजरमा राज्य बराबर हुन सक्दैन भने हामीलाई पनि पक्रियोस्। हामी सामूहिक गिरफ्तारी दिन तयार छौं,’ सम्बोधनका क्रममा उनले भने।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *