jitiya birat 03 

सुकदेब चौधरी/विरटनगर

तराईका आदिवासी जनजाति थारु, मधेशी तथा मैथल समूदायका महिलाहरुले सन्तानको दिर्घायु तथा परिवार सुखशान्तिको लागि मनाउने जितिया पर्वको अवसरमा सोमबार यहाँ विविध कार्यक्रम गरी मनाएको छ।

विराटनगरको विरेन्द्र सभा गृहमा थारु महिला सभाको आयोजनामा जितिया महोत्सव २०७२ कार्यक्रम गरी पर्व मनाएका हुन।

जितिया पर्वमा थारु समुदायका महिलाहरुले निराहार वर्त बसी आफ्नो सन्तानको दिर्घायु, तथा घर परिवार सुखशान्तिका लागि कामना गर्दै जितमानको पाठपुजा र कथा श्रवण गरी मनाउने गरेको सरस्वती चौधरीले जानकारी दिइन।

jitiya birat 02

उक्त महोत्सवमा जातिय पहिरणमा सजिएर आएका महिलाहरुले थारु जातिको लोपउन्मुख धुमडानाथ, नाटक, नृत्य तथा विभिन्न गीतहरु गाएर आफ्ना कला प्रस्तुत गरेका थिए। कार्यक्रममा सत्यनारायण चौधरीले जितमाहान भगवानको कथा उपस्थित व्रतालु महिलाहरुलाई सुनाएका थिए। सो कार्यक्रममा थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रिय महासचिव राजकुमार लेखिको प्रमुख आतिथ्यता रहेको थियो भने सभाकी संयोजक कल्पना चौधरीको अध्यक्षतामा महोत्सव सम्पन्न भएको थियो।

jitiya birat 01

त्यसैबिच जितिया पर्व कै अवसरमा मोरङको मोतिपुर, थलाहा, रंगेली, बुधनगर लगायतका गाविसहरुमा जितमानको मुर्ति बनाएर मेला लाग्ने गरेको छ। मेलामा विशेषगरी वर्तालु महिलाहरुले पुजापाठ गरी छोराछोरीको दिर्घायु र घरपरिवारको सुखशान्तिको वरदान माग्ने गर्दछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *