Yogendra Chaudhary

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले थारुहरुको आन्दोलन तुहाउने षडयन्त्र सुरु भएको बताएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका चौधरीले सोमबार सेतोपाटीलाई प्रतिकृया दिँदै भने, ‘झन्डै दुई महिना आन्दोलन हुँदा एक दिन पनि आन्दोलनमा नजाने र  जिल्ला नपुगेकाहरु वार्ता कमिटिमा पर्नु आन्दोलन तुहाउने षडयन्त्र नै हो।’

उनले संविधानका हस्ताक्षर कर्ताहरु नै आन्दोलन कमिटिमा समेत संलग्न हुनु दुभाग्र्यपूर्ण भनी टिप्पणी गरे। थारु कल्याणकारीका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा वार्ता कमिटि बनेपनि त्यसभित्र संविधानमा हस्ताक्षरकर्ता एमाओवादीका अमनलाल मोदी, सन्तकुमार चौधरी, नेपाली काँग्रेसका तेजुलाल चौधरीलगायत सामेल गर्नुको अर्थ थारुहरुको आन्दोलन भाँड्नु नै भएको उनले बताए।

वार्ता कमिटि १३ सदस्य गठन गरिएको भएपनि त्यसमा काँग्रेस, एमाले, एमाओवादीका सांसद जसले संविधानमा हस्ताक्षर गरेका छन् उनीहरुपनि पर्नुले आफू आस्चर्य चकित भएको उनले बताए।

उनले भने ‘ थारुहरुका मुद्दा जायज थिए र छन् तर यसअघि आन्दोलन चल्दै गर्दा त्यसलाई अलपत्र छोडेर हिडेकाहरु नै वार्ता कमिटिमा परेपछि आशंका पैदा भएको हो ।’ उनले प्रश्न गरे, ‘नैतिकता नभएकाहरु वार्तामा बस्दा आन्दोलन कता जान्छ ?’

अर्काे तर्फ सरकार गठनको अभ्यास सुरु भएको र चाडबाड आउँदै गरेकोले पनि आन्दोलन खुकुलो पार्न आफूले दुई दिन अघि नै आग्रह गरेको समेत उनले दाबी गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *