us-lgflagअमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि भोलि बिहीबारदेखि फारम खुल्ने भएको छ। डिभी निःशुल्क रहेको उल्लेख गर्दै काठमाडौं स्थित अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्सीको सहयोग नलिन आग्रह गरेको छ। २०७२ असोज १४ गते बिहान ९ः३० बजेदेखि आवेदन खुला हुने डिभी कार्यक्रममा एक महिनासम्म आवेदन गर्न पाइनेछ। कात्तिक १७ गतेसम्म डिभी आवेदन भर्न सकिने अमेरिकी दूतावासले जनाएको छ। ‘हामी डिभी आवेदकलाई चाँडै आवेदन भर्न प्रोत्साहन गर्दर्छौं’, दूतावासले भनेको छ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोलाु, दूतावासले भनेको छ, ‘सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ।’ २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनमार्फत दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।

दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राखी जाँच गर्न सक्नुहुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *