Madheshi-morchaसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा गरेका छन् । उनले मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणलाई संविधान जलाउन अपीलसमेत गरेका छन् ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महतोले तीन गते जारी हुने संविधानमा मधेशी–थारुको माग सम्बोधन नभएको भन्दै जलाउन अपील गरेका हुन् । महतोले आन्दोलन जारी रहेको बताउँदै तीन गते साँझ ब्ल्याक आट गर्न आग्रहसमेत गरे ।

पत्रकार सम्मेलनमा महतोले गाउँ–गाउँमा रहेको सरकारी कार्यालय बन्द गराउन मोर्चाका कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय घेराउको कार्यक्रमसमेत रहेको जनाए ।

बृहत्त मोर्चाको अह्वान
महतोले संविधान सभामा सहभागी नहुने सम्पूर्ण पक्षहरु मिलेर बृहत्त मोर्चा बनाउन आह्वान गरेका छन् । उनले आन्दोलनरत सम्पूर्ण पक्षलाई सहकार्यमा आउन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहकार्य गर्न तयार रहेको बताए ।
महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा कुनै मतभेद नरहेको दाबी गर्दै आन्दोलनलाई निस्कर्षमा पुर्याउन बृहत्त मोर्चाको आवश्यकता रहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *