Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

नेपालको संविधान २०७२ को परिमार्जित बिधेयकका धाराहरुमाथि आज पनि संविधासभामा मतदान हुँदैछ। मतदानमा थरुहट तराई पार्टी नेपाल र फोरम लोकतान्त्रिकबाहेक सबै दलका थारु सभासद्हरु सहभागी छन्। सीमांकनविरुद्ध एक महिनादेखि आन्दोलन गरिरहेका थारु नेताहरु योसँगै दुई खेमामा उभिएका छन्। नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरी पनि मतदान प्रक्रिया बाहिर छन्। उनले पार्टीको ह्विप विपरित उभिएका छन्। उनले अहिले जारी हुन लागेको संविधान स्वीकार्य नहुने र पार्टीले कारबाही गरे आफ्नो नेतृत्वमा अर्को पार्टी बनाउने चेतावनी दिए।

एमाओवादीका सभासद् तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितका प्रवक्ता अमनलाल मोदीले फरक मतसहित मतदानमा सहभागी भएको बताए। उनले आन्दोलन भने जारी रहने बताए।

Gopal Dahit

त्यस्तै मतदान बाहिर रहेका थरुहट तराई पार्टीका नेपालका वरिष्ठ नेता तथा सभासद् गोपाल दहितले आन्दोलन जारी रहने बताएका छन्। उनले अन्य दलका नेताहरुले सहभागी भए पनि आफूहरु मतदान प्रक्रियामा सहभागी नहुने र आन्दोलन जारी राख्ने बताए।

फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीले पनि मतदान प्रक्रियामा सहभागी नहुने बताए। उनले प्रमुख दलहरुले चाहे अझै पनि सार्थक वार्ता गरेर आफूहरुलाई संविधान निर्माणमा सहभागी गराउनसक्ने बताए ।

यता थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु सभासद्हरु नालायक भएको बताएका छन्। उनले सबै सभासद्हरु मतदानमा सहभागी भएर नालायकीपन देखाएको आरोप लगाए। ‘मतदानमा सहभागी भएर थारु सभासद्हरु नालायक बनेका छन्। तर हाम्रो आन्दोलन तुहिँदैन। जारी रहन्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *