Tejulaal Chaudhary

नेपाली कांग्रेसले आफ्ना सभासदहरुलाई आइतबारको संविधान सभा बैठकमा अनिवार्य उपस्थितिको लागि निर्देशन दिएको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शनिबार पार्टीका सबै सभासदलाई एसएमएस मार्फत बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्।

‘आइतबार ११:३० बजे देखि सुरु हुने संविधान सभा बैठकमा नयाँ संविधानको विधेयकमा मतदान हुने भएकाले अनिवार्य उपस्थित हुन आदेश अनुसार निर्देशन छ’ श्रेष्ठको एसएमएसमा भनिएको छ। आन्दोलनरत पक्षसँग बार्ताको वातावरण बनाउन संविधान निर्माण प्रक्रिया दुई दिन स्थगित गरेका प्रमुख दलहरुले आइतबारबाट पुन प्रर्क्रियालाई अगाडि बढाउने भएका छन्। प्रदेशको सीमाङ्कन सहितका विषयमा असन्तुष्टि नजाउँदै मधेसमा आन्दोलन जारी छ।

त्यस्तै थारु-मधेसी सभासद्हरु पार्टीको निर्देशन विपरीत मधेश-थरुहट आन्दोलनमा सहभागीता जनाउँदै आएका छन्। उनीहरु बेग्ला-बेग्लै छलफलमा सहभागी हुँदै पार्टीभन्दा फरक रणनीति बनाउँदैछन्।

शनिबार बिहानैदेखि विभिन्न पार्टीका थारु सभासद्हरु विभिन्न छलफलमा सहभागी भएका छन्। अर्को शनिबार दिउँसोदेखि सुरु भएको थारु सभासद्हरुको बैठकले साँझसम्म निर्णायक छलफल गर्ने जानकारी आएको छ।

यता एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका थारु सभासद तेजुलाल चौधरीले आफूहरु संविधानसभाको मतदान प्रक्रियामा सहभागी नहुने बताएका छन् । उनले पार्टीका थारु सभासद्हरु थारु विरोधी संविधान ल्याउन मतदानमा सहभागी नहुने बताए ।

थारु पत्रकार संघको चौथो साधारण सभामा सहभागी भएका चौधरीले वार्ताको माध्यमबाट माग सम्बोधन नभए संविधान सभाको प्रक्रियामा सहभागी नहुने बताए। उनले अन्य जातजातिका सभासद्हरुसँग पनि छलफल जारी रहेको जनाए।

-Hulakinews




Leave a Reply

Your email address will not be published. Required fields are marked *