Laxman tharu

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विक्रम चन्दले बताए।
टीकापुर घटनामा संलग्न रहेको मृतक प्रहरी कर्मचारीका आफन्तको जाहेरी दरखास्त र प्रतिवादीहरुको बयानबाट खुलिआएकाले कैलाली फुलबारी-१ बस्ने थारुलाई कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थपिएको प्रहरी उपरीक्षक चन्दले बताए।
उनी बुधबार भैरहवाबाट पक्राउ गरेका थिए।

त्यस्तै थरुहट तराई लोकतान्त्रिक परिषद्ले पक्राउप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन्। लक्ष्मण थारु परिषद्का अध्यक्ष हुन्।

परिषदका सचिव गीता चौधरीद्वारा जारी विज्ञप्ती पढ्नुस्:

Statement scan




Leave a Reply

Your email address will not be published. Required fields are marked *