नाकाबन्दीलाई समर्थन गर्ने थारु गद्दार हुन् : शान्ता चौधरी

नाकाबन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन्। जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो।

Shanta Chaudhary

शान‍ता चौधरी

नेपाललाई भारतले अघोषित नाकाबन्दी लगाएको छ। आन्दोलन गरिरहेका छौं भन्ने केही राजनीतिक दलका सीमित नेता र कार्यकर्ताहरुको धर्नाको बहानामा भारतले नाकाबन्दी लगाएको हो। आफ्नो देशका जनतालाई भोकै मार्न भारतलाई सघाउने कस्ता राजनीतिक दल हुन्? कस्ता राजनीतिक नेता हुन्? उनीहरुले भोलि चुनाव लड्न पर्दैन? जनतामा जान पर्दैन? देश र जनतालाई बरबाद बनाएर उनीहरुले कस्तो राजनीति गरिरहेका छन्? उनीहरुले आफूलाई सच्याउन जरुरी छ।

आफूलाई थारु नेता भन्ने, थारुको नाममा पार्टी चलाउनेहरुले पनि नाकाबन्दीको समर्थनमा जनता छन् भन्नु हासोलाग्दो कुरा हो। नाकाबन्दीको समर्थन गर्ने काम जनताले गर्छ? भारतले लगाएको नाकाबन्दीको समर्थन गर्ने थारु जनता उनीहरुले कहाँ देखे? कहाँको थारु जनताको कुरा गर्दैछन् उनीहरु? थारु या मधेसी समुदायका जनताले मात्र होइन, कोही पनि नेपाली जनताले आफ्नो देशलाई नाकाबन्दी गरिँदा समर्थन गर्न सक्दैन।

नाकाबन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन्। जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो। यस्तो अपराध कसैले गर्न हुँदैन।

देशलाई संकटमा फसाएर कस्तो राजनीति गर्न खोजिएको हो? उनीहरुले अब स्पष्ट पार्न जरुरी छ। जनता उठेर यस्ता आन्दोलनकारी नेताहरुलाई तिमीले देश बरबाद पारेर, जनतालाई भोकै मारेर के गर्न खोजेको हो भनेर सोध्नुपर्छ। थारु समुदायको समेत नाम बेचेर सीमित दलका सीमित कार्यकर्ताले चलाएको आन्दोलनलाई समर्थन दिएर भारतले ठूलो गल्ती गरेको छ, थारु समुदायको विश्वाश गुमाएको छ।

अब नेपाल र भारतको सम्बन्ध बिग्रन दिनु हुँदैन। आन्दोलनको नाममा नेपाल-भारत सम्बन्ध बिगार्ने धेरै देखा परेका छन्। जनताले नै नाकाबन्दी गरेका हुन् भन्ने नेताहरुले नेपाली जनताको प्रतिनिधित्व गर्दैनन् भन्ने भारतले बुझ्न जरुरी छ। नाकाबन्दीको समर्थन गरेपछि र नाकाबन्दी लगाउन भारतलाई सहयोग गरेपछि आन्दोलनकारी नेताहरुले अलिअलि भएको जनविश्वाश पनि गुमाइसकेका छन्। अब भारतले नेपालको बास्तविकता बुझ्ने र कूटनीतिक सम्बन्ध सुधार्ने काम गर्नुपर्छ। आन्दोलनकारी दलहरुले पनि सहमति गरेर अगाडि बढ्नुपर्छ। यसरी जनतालाई दुःख दिने र देश बरबाद पार्ने काम कसैले गर्न हुँदैन।
देशलाई विपतमा फसाइएको बेला जनता एकजुट भएर अगाडि बढ्नुपर्छ।

-शान्ता चौधरीको फेसबुकबाट

26 thoughts on “नाकाबन्दीलाई समर्थन गर्ने थारु गद्दार हुन् : शान्ता चौधरी

  1. भारत को नाकाबन्दीको सबै नेपाली एक जुट भएर बिरोध गर्नु राम्रो हो l तर आफ्नै थारु समुदाय प्रति खेदो गर्ने शान्ता चौधरी को हुन ?

  2. शान्ता, तिमी सधैं एमालेकै कम्लरी भएर बस। थारुको भोट् पाएर सभासद बनेको पनि बिर्सिये जस्तो छौ।

  3. Afno hak adhikar ko laagi sabae kuro sahi ho. Gulami gareko bhaan ahile pani bhayeko chhain shanta ji. Bhayo ab ta yati nae bho. Je hundaichha ramro hundaechh. ra yo aeta etihasik paribaratan pani ho.

  4. थारुले थारुलाई खान्छ भनेको यही हो । थारु जातिलाई राज्यले अपहेलना गरीरहेको, शान्तीपूर्ण आन्दोलनलाई राज्यले दमन गरीरहेको बेलामा थारुहरु गद्दारी हुन् भन्ने शान्ता चौधरी थारुहरुको शोषक सामन्ती हो । यदि शान्ता चौधरी थारु हो भने थारुहरुको हकहितका लागि खै आवाज उठाएको ? शान्ता चौधरी थारुहरुको चेली हुँदै होइन यो त शोषक सामन्तीको चेली हो । शान्ता चौधरीको नसा नसामा शोषक सामन्तीको रगत भरिएको छ । शान्ति चौधरी शोषकको बिउ हो । जसलाई थारु समाजमा रोपिएको छ ।

  5. Sahi Kura Santa ji, tharu hosh ya madhesi Jo koi le pani andolan gareko chha Ani Bharat ko support ms Nepal ma hinsha gareko chha tyo desh ko lagi gaddhar nai ho

  6. राजनीतिकर्मी भएर पनि निष्पक्ष हुनुहंदाे रहेछ शान्ता चाैधरीजी । अलाेकतान्त्रिक राजनीतिक प्रणाली हुंदाका बखत शाेषक-सामन्तहरुबाट दिएकाे शाेषणकाे अब लाेकतान्त्रिक ब्यबस्था अाएपछि अन्त भएकाे कुरालाई नेपाली थारु दाजुभाइ दिदीबहिनीहरुले मनमा राख्नु परयाे । ९२ प्रतिशत जनताका प्रतिनिधिले लेखेर जारी भएकाे संविधान मान्य छैन भनेर लाेकतान्त्रिक प्रणालीमा भन्न पाईंदैन । याे एक्काइसाैं शताब्दीमा जबरजस्त / बन्दुककाे नालबाट सत्ता प्राप्त गर्ने सपना देख्नु झनै गलत हुन्छ ।

    काेहि/कुनै व्यक्तिगत तथा पार्टीगत स्वार्थका लागि देशै बेच्न पछि नपर्ने दलालहरुकाे उक्साहटमा नलाग्न भनी नेपाली थारु समुदायका दाजुभाइ दिदीबहिनीहरुमा गर्नु भएकाे शान्ता चाैधरीज्यूकाे अपिल प्रशंसनिय छ । दलालहरुकाेे उक्साहटमा लागेर, संबिधान नपढी नै नेपाली दाजुभाइ दिदीबहिनीहरु काेहि मरिरहनु भा छ, काेहि अपांग भै रहनु भा छ, अाफु पनि दुख पाइरहनु भा छ र अरुलाई पनि दुख दिइरहनु भा छ । संबिधान पढाैं, अाफुलाई चित्त नबुझेकाे बिषयमा बार्ता गराैं, दलालहरुकाे उक्साहटमा नलागाैं, बार्ताबाटै समाधान खाेजाैं ।

  7. Ma tharu daju bhai ra didi bahini haruko dherai mag haruko samarthak ho. Ma tharu haru sanga khelera hurkeko byakti ho tara des lai aanch parne karye garne nepali huna sakdaina.
    Thatu samudaye lai agadi badhaunu hami sabai nepali ko dayito ho. Hamro tharu daju bhai ko maag garne madhesi kahile tharu bhaye? Madhesi le tharu haruko badnam gardai chan.

  8. kamlaribata balla talla chhutkara payeko aaimai tanlai feri kamlarimai jana man lagechha ki kya ho ? kamlari baseko aaimai tanlai gyanai katiko hunchha ra, amaleko puchhar samater hidne tanlai sambidhan k ho bhanne kura thaha chha? adhikarko ladaima lageka tharulai gaddar bhanne murkha tanlai ta tharu samaj bat bahiskar garnu parchha, tan t tharuko namma kalank rahichhes. jabaki sangharshmai jivan byatit garne manchheko gyan ,buddhiko bikas hunchha…teroma t ” khali dimag saitanka ghar hota hai ” bhanne sabda lagu hunchha.

  9. Patriotic Nepalese people need leaders like Shanta Chaudhari, if some one wants to move to the right way not only public even breeze of the territory supports you. And I salute you! Because I ever love Nepal.

    1. tharu haru lai daman garne bani ajai jayena. santa chaudhary ko esto abhibyakti herda santa ko ragatma tharu pan xaina. tharuharu ko adhikar biruddha jane tharu hoina gaddar ho.

  10. थारु समुदायको विरोध गर्ने शान्ता चौधरी को हो ? गैर थारु त होइन ?

  11. Jo Kuraa Shaantaa ji le utthhaunu bhaeko chha attentai sakaraatmak chha Shaantaa ji thaaru samudaaey ko maatraa navaai saaraa Nepal ki bir chhori hunu hunchha

  12. 100%सहि कुराहाे अाफ्नाे हकअधिकार खाेज्ने अरु पनि तरिका छन देशलाई अहित गर्ने कार्यमा संलग्न जाे काेहि देशद्रोही हुन चाहेे जुनसुकै समुदायका हुन्

  13. आफ्नै देश र देशवाशीलाई नाकावन्दी गर्ने गराउने जो कोहि पनि राष्ट्रवादी होइन, आफ्नै देशवासीलाई भोक-भोकै मार्न विदेशीलाई गुहार्ने स्वदेशी हुन सक्दैन, यिनीहरु त आतंककारी हुन् आततायी हुन्, अराष्ट्रिय तत्व हुन्, विदेशी दलाल हुन्, भलै ति थारु हुनकी मदेशी अनि जनजाती हुन् की ब्राम्हण क्षेत्रि; सत्य सधैं सत्य हुन्छ, शान्ताले जस्तै सत्य बोल्ने साहस सबैले गरुन !

  14. शान्ता चौधरी विलकुल सहि छन्।उनीले देश,राजनिती,विदेशीको नेपाल प्रतिको हेराइ सव वुझेकी छन।थारुहरु यो देशका सच्चा नागरिक हुन,विहारीको दुर्गन्धले प्रदुषित अहिलेका कथित आन्दोलनकारी अझ भनौ नाकावन्दीकारी जस्ता होइनन्।उनीहरुले यो वुझ्नु पर्छ र नवुझ्नेलाई वुझाउनु पर्छ।देशहितलाई ध्यानमा राखेर आफ्नो हक हितमा लाग्दा उनिहरुलाई समर्थन नगर्ने नेपालीनै होइन।शान्ता थारुहरुको पवित्र मनलाई उच्च मुल्याङ्कन गराउन चाहन्छिन्।सच्चा नेपालीको पहिचान दिन चाहन्छिन्।उनलाई तथानाम भन्ने काम केवल मुर्ख या राष्ट्रद्रोहीले मात्र गर्छ।सारा देशभक्त उनको समर्थनमा छन्।शान्ता वीराङ्गना भएर अगाडी वढदै जाऊ।सत्यमेव जयते।

  15. आफु अनी आफ्नो समुधाय लाई आधुनिक कम्लरी बन्न र बनाउनलाई कत्ति पाउनु भयो महोद्या/
    यहि भएर लोग्ने ले कान्छी ल्याको होला /

  16. राजेश खनाल ji 3 netale banayeko sambidhan lai 92% ko sanga n dinus ….. hami pani dekhekai ho sambidhan sabhama chalfal n bhaikan hotel resort ma chalfal garer banayeko sambidhan ho,
    shanta ji , tapaile kati bata chalfal ma basnu bhayeko 6..???

  17. उक्साहटमा नलाग्न भनी नेपाली थारु समुदायका दाजुभाइ दिदीबहिनीहरुमा गर्नु भएकाे शान्ता चाैधरीज्यूकाे अपिल प्रशंसनिय छ ।

  18. The Statement of Shanta Chaudhari is highly appreciative. Salute to Shanta Mam for her PATRIOTISM from all Neplalese people.

    1. ma lai thaha cha nakabandi ramro hoina ra yo pani thaha cha ki santa le diako abhibekti sahi ho tara ma santa mam lai sodhana chanchu ki aafno aadhikar ko maag garnu k galat ho? aadhikar ko lagi aandolan garne lai ta gaddar ko sagya dinu vo tara tapai le tharu aadhikar ko kuro sabha vitra ra party vitra kurorakhene aant kati choti garnu va ko cha ? ya feri amale ko kamlahari banera tali matra pitnu huncha.
      yadi bolne sahash rakhnu va ko cha vane k kahile oli g le sunna ra bichar garna tayar hunuva ko cha ?

  19. शान्ता दिदि तपाई आफै थरुनी भएर थारुको कुरा किन काट्नु हुन्छ मिलेर जान सक्नु हुन्न , तपाई पार्टी भन्दा पनि पछि परेका नेपाली समुदायको, ति समुदाय भनेका तिम्रै थारुहरु कति अधिकार बिहिन छन ? जाहां, जे, मा पनि कस्का मान्छे छन , कहिले ति प्रशासनिक क्षेत्र ( कार्यालयमा छिरेकी ) छौ ? तिमिले बोलेका ति कुराले आप्नो दिदि बहिनी दाजुबाईलाई कति आघात पुर्याएको छ सोचेका छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *