पूर्वकमलरी कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार

Kausila chaudhary

लामो समयसम्म कमैया मुक्ति पुनःस्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुयाएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस एवार्ड) बाट पुरस्कृत भएकी छिन्। संयुक्त राष्ट्रसंघले प्रदान गर्ने उक्त अवार्ड थाप्न उनी २३ अक्टुबरमा अमेरिकाको न्युवर्क जाने कार्यक्रम तय भएको छ।

लामो समयसम्म कमलरी तथा कमैया जीवन व्यतित गरेकी चौधरी कमैया आन्दोलन तथा कमैया पुनःस्थापनाको क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील छिन् । कमैया मुक्ति आन्दोलनको एक प्रमुख अभियान्ताको रूपमा परिचित उनीसहित नेपाल र अफगानिस्तानका गरी ६ जना अन्तिम चरणको छनौटमा भएका थिए ।

दास प्रथाको रूपमा रहेको कमैया तथा कमलरी प्रथा अन्त्यसंगै पुनस्र्थापना अभियानलाई आफ्नै कामको रूपमा लिने उनी जारी कमैयाकमलरी पुनस्र्थापना अभियानलाई चाँडै पूर्णता दिने सरकारी अभियानमा क्रियाशिल रहेकी छिन्। जसलाई अवको केही समयमै पूर्णता दिन सकिने उनको दाबी पनि छ । ३० वर्षीया कौशिला आफू जस्तो कमैयाको क्षेत्रमा क्रियाशिल व्यक्तिले ववार्ड जित्नु धेरै खुसीको कुरा भएको बताइन्। मुक्त कमैया महिला विकास मञ्च कैलालीको अध्यक्ष रहेकी अभियन्ता कौशिला चौधरी मुक्त कमैया पुनःस्थापना समिति कैलाली र कमैया प्रथा उन्मुलन समाज कैलालीसँग पनि आबद्ध छिन् ।

Kausila

सहयोग पुयाउनेलाई धन्यवाद

कौशिलाले विश्व शान्ति पुरस्कार जिताउन सहयोग पुयाउने सबैलाई फेसबुक स्टाटस मार्फत् धन्यवाद व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्- यहाँहरूकै असिम माया, अपार सहयोग, सदभाव र अमुल्य भोटले म विश्व शान्ति पुरस्कार (एन.पिस.एवार्ड) जित्न सफल भएकी छु। मलाई अन्तिम चरणको छनौटसम्म जिताउन भोट हाल्ने देश विदेशमा बस्ने सम्पुर्ण साथीभाई, ईष्टमित्र तथा आफन्तजनहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै उनले यो स्थानमा पुयाउन योगदान दिने लुथरन विश्व फेडेरेशन, प्लान नेपाल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सँघसस्थाहरूलाई पनि धन्यवाद दिएकी छिन्। उनले अगाडि उल्लेख गरेकी छिन् सम्पुर्ण नेपाली नेपाली विचमा आपसी शान्ति मेलमिलाप तथा सदभाव कायम भईराखोस्, अब बन्ने नयाँ संविधानमा सबैको समान पहुँच, नियन्त्रण र हक अधिकार सुनिश्चत होस् भन्न चाहन्छु।

23 thoughts on “पूर्वकमलरी कौशिला चौधरीले जितिन् विश्व शान्ति पुरस्कार

  1. हार्दिक वधाई तथा शुभकाममना,,,,,,

    yes,
    you deserve it,
    we deserve it,
    all the tharu deserve it…..

    because we THARUS are the another
    name of peace and harmony

    really feels good,when similer kinds of
    nwes publishs………

    its great….
    keep it up…

  2. कमैया मुक्ति पुनःस्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस एवार्ड) बाट पुरस्कृत पुरस्कृत हुनु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना !

  3. थारु नागरिक समाज कैलालीको तर्फबाट कौशिला चौधरीलाई धेरै धेरै बधाई छ । मुक्त कमैयाको क्षेत्रमा कार्यरत मुक्त कमैया महिला बिकास मञ्चकी अध्यक्ष कौशिला चौधरी धेरै बर्षसम्म कमैया प्रथा उन्मूलन समाजमा रही काम गरेकी थिइन् । वहाँले पुरस्कार पाउँदा हामी सबैमा खुशी छाएको छ ।

  4. Thanks Didi.. … you done appropriated job…
    हार्दिक वधाई तथा शुभकाममना,,,,,,..

  5. हार्दिक वधाई तथा शुभकाममना । समाजमा अझै कृयाशिल भएर लाग्ने प्रेरणाहरु यसरी नै प्राप्त भैरहुन् ।

  6. Tapaika paila haru agadi badi rahun. Sadhai safalta milirahos ra tapaika sabda ra prerana haru sabai lai milos jasle garda ma hoena hami bhanne bhawana ko bikas hosa hami sbai Nepali hamro Nepal bhanee bhawan sabai ma bikas hos.

  7. कौशिलाको कमाललाइ बधाइ शुभकामनाले मात्रै पुग्दैन , उनलाइ स्यालोट समेत दिनु हिच्किचाउनु हुदैन, मेरो बाट १०० पटक सम्म स्यालोट छ ।

  8. Kaushila Chaudhary is such a brilliant woman who won the N Peace Award in young age. Itis the matter of glory for Nepal, Chaudhary Community and Kaushila family where there is a daughter like her.

  9. Khushi lagyo, hamro (me and my wife Pramila Chaudhary) Ko vote khera gayena. Congratulations once more for The N- Peace Award.

  10. थारु चेली कौशीला वधाई छ । जे गरे नेपाली ले वीस्व सान्ती पुरस्कार ले यीन । कार्यक्षमता अझै वढाउने छ

  11. कौशिला जि नेपालमा तपाई जस्ता दस जना मात्र जन्मिएको भए आज नेपाल
    स्वोर्ग भै सक्थ्यो , हाम्रा कुकुर नेताले स्वोर्गलाइ bhungro बनाये, राम्रो काम्को
    लागि u लाई लाख लाख सुभकामना!!हार्दिक बधाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *