Surendra-Chaudhary

नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधान सभामा ‘फ्लोर क्रस’ गर्ने भएका छन् । संविधानसभा भवनमा बुधबार मध्यान्ह बसेको थारु/मधेसी सभासदको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसका ५४ जना थारु/मधेसी सभासद मध्ये २२ जना उक्त निर्णयमा सहमत भइसकेका छन् । बाँकी सभासदलाई पनि मनाउने काम भइरहेको नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले जानकारी दिए । उनले भने, ‘२२ जनाले सहमत गरे । अरुसँग हामीले छलफल गरिरहेका छौँ ।’

यसबारे औपचारिक घोषणा केहीबेरमा पत्रकार सम्मेलन मार्फत गरिने सभासद चौधरीले बताए ।

यसैबीच थारु/मधेसी सभासदको बैठक बसिरहेको बेला पार्टी सभासद सुशील कोइरालाले फोन गरेर बैठक नबस्न निर्देशन दिएको स्रोतले बताएको छ । तर सभासदहरुले थारु/मधेसीको माग सम्बोधन नभएमा सभापतिको निर्देशन उल्लंघन गर्ने बताएका छन् ।

-ekantipur




Leave a Reply

Your email address will not be published. Required fields are marked *