kailali masuriya protest 03

लखन चौधरी/धनगढी

आन्दोलनरत थरुहट/थारुवान कैलालीका नेताहरुले आफ्नै पक्षधरका नेताहरुलाई ठीक पार्ने चेतावनी दिएका छन्। केन्द्रस्तरका नेताहरु कैलालीमा एक महिनादेखि चलिरहेको आन्दोलनमा सहभागी हुन नआएको आक्रोश पोख्दै उनीहरुले आफ्नै केन्द्र स्तरका नेताहरुलाई ठिक पार्ने चेतावनी दिएका हुन्।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति क्षेत्र-४ कैलालीद्वारा मंगलबार मसुरियामा आयोजित विरोधलाई सम्बोधन गर्दै एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्णकुृमार चौधरी आफ्नै नेताहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उनले पहिचान पक्षधर तथा थरुहट/थारुवान पक्षधरका केन्द्र स्तरका नेताहरु हालसम्म कैलालीमा नआएको भन्दै उनले कारवाही गर्ने आक्रोश व्यक्त गरे। त्यस्तै उनले शासक वर्गहरु आफ्नो लुटको स्वर्ग बचाउँन धेरै प्रकृतिका भ्रामक हल्लाहरु फैलाउँदै आएको आरोप लगाए।

kailali masuriya protest 02

पूर्व सभासद चौधरी आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म थरुहट आन्दोलन जारी राख्ने ठोकुवा गर्दै राज्यले आफुहरुको आन्दोलनलाई अझै दमन गर्ने रणनीति लिए सबै थारुहरुलाई जेलमा थुनेर देखाउँन चेतावनी दिए। थारुहरु गोली खान तयार रहेको बताउँदै पूर्व सभासद चौधरीले आफुहरुको आन्दोलन थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश नबनाएसम्म जारी रहने पनि बताए।

त्यस्तै विरोध सभालाई सम्बोधन गर्दै संघर्ष समितिका अगुवाहरुले आजसम्म आफूहरुको आन्दोलनको कुनै सम्बोधन नभएको बताउँदै आब राज्य विरुद्ध असहयोग आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। उनीहरुले राज्य विरुद्ध असहयोग कार्यक्रम, भण्डाफोर, तालाबन्दी, नागरिकता फिर्ता गर्नेलगायत आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका हुन्।

kailali masuriya protest 05

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक लाहुराम चौधरी एक महिनासम्म आन्दोलन जारी रहेपनि आजसम्म राज्यले आफुरुहको जायज आन्दोलनको कुनै सुनुवाई नगरेको दुखेसो सुनाए। आफुहरुको पहिचान र अधिकारको अन्तिम आन्दोलन रहेको बताउँदै उनले राज्य विरुद्ध भण्डाफोर अभियान चलाउँने चेतावनी दिए।

कार्यक्रममा थारु कल्याण कारिणी सभा कैलालीका निवर्तमान सभापति प्रभात चौधरीले पनि थरुहट प्राप्त नभएसम्म आफुहरुले जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए। राज्यविरुद्ध भण्डार फोर, भित्ता लेखन, असहयोगलगायत आन्दोलनका कार्यक्रम गर्ने उनको भनाई थियो।

kailali masuriya protest 04

कार्यक्रममा संघीय समाजवादी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य होरीलाल चौधरी टीकापुर घटनाको जिम्मेवारी आफुहरुले लिएको बताउँदै घटनाको निश्पक्ष छानविन हुनु पर्ने बताए।

थरुहट आन्दोलनको क्रममा अखण्ड सुदूर पश्चिम पक्षधर र प्रशासनबाट पटक–पटक दमन हुदै आएको बताउँदै उनले ज्यान गएपनि थारु बाहुल्य भुगोललाई थरुहट/थारुवान प्रदेश बनाएरै छोड्ने दाबी गरे। त्यस्तै टीकापुर घटनापाछि कैलालीको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले थारु समुदायको बड्घरहरुलाई कानूनी दायरामा ल्याउने भनी दिएको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै प्रजिअ चापागाईलाई बड्घर प्रथाबारे अध्ययन गर्ना सुझाव पनि दिए।

kailali masuriya protest 01

करिब आठ हजार भन्दा वढीको संख्यामा उपस्थिति रहेको उक्त विरोध सभामा नेकपा एमाले कैलालीका तिलुराम चौधरी, थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरी, दलित संयुक्त संघर्ष समिति कैलालीका रतन सुनार, नेपाली काँग्रेस क्षेत्र न–४ कैलालीका क्षेत्रीय सभापति खेमराज चौधरी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी, आदिवासी जनजाति समन्वय समिति कैलाली अध्यक्ष तेजतरामी मगर, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयदेव चौधरी, सदभावना पार्टीका फोनीराम चौधरी, संघीय समाजवादी फोरमका सुशिला चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *