Ban-Ki-moon

संयुक्त राष्ट्र सङ्घका महासचिव वान की-मुनले सबै प्रकारका हिंसा त्यागेर संवादका माध्यमबाट समस्याको निकास खोज्न नेपालका सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। नेपालको वर्तमान अवस्थाप्रति चासो लिँदै महासचिव वानले सबै प्रकारका हिंसा तथा बल प्रयोगलाई त्याग्न सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ता स्टेफान डुजारिकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

नेपालस्थित राष्ट्र्रसंघको सूचना केन्द्रका अनुसार उनले हालै नेपालमा भएका हिंसा र व्यक्तिको जीवनक्षतिका दुःखद घटनाप्रति दुःख पनि व्यक्त गरेका छन्। राष्ट्र सङ्घले नेपालद्वारा नेतृत्व गरिएको शान्ति प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको थियो जसको नयाँ संविधान निर्माण एक कोसेढुङ्गाको रुपमा रहेको र महासचिव वानले नेपालका नेताहरुले पुनः आपसी सहमतिको भावनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्र् सङ्घको नेपालस्थित कार्यालय नेपाली नेतासँग नियमित सम्पर्कमा रहेको र यो ऐतिहासिक अवसर र बृहत् समर्थन नगुमाउन उहाँहरुलाई अनुरोध गरेको जनाउँदै राष्ट्र्रसङ्घका राजनीतिक मामला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यान पनि नेपाली नेताहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको र उनले पनि यही सन्देश दिएको विज्ञप्तिमा जनाइएको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *