Shanta-Chaudharyक्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् ।

उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई नै फिर्ता गरिदिएकी हुन् ।

‘जुन उद्देश्यले रकम लिएकी थिएँ, त्यो काम गरेर बचेको पैसा राख्न मन लागेन’ पूर्वसभासद चौधरीले अनलाइनखबरसँग भनिन्-‘मैले फिर्ता गरेको रकमले अरु गरिब दुःखीलाई पनि उपचार गर्न मिलोस् भनेर स्वास्थ्य मन्त्रालयको खातामा हाल्दिएँ ।’

कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् ।

अहिले आफ्नो स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *