Chhabilal Kopila

बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालबाट दुई फिल्म छनोट भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ र सुशान्त प्रजापतिको ‘द सेम’ बुसान अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका हुन्। द सेममा थारु अभिनेता छबिलाल कोपिलाले पनि अभिनय गरेका छन्।

निर्देशक भामको ‘कालो पोथी’ बुसान अन्तराष्ट्रिय फिल्म महोत्सवअन्तर्गत अ विन्डो अफ एसिया सिनेमाघर लागि छनोट भएको हो। ९० मिनेटको यस फिल्म यसअघि इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट भइसकेको थियो।

मीनबहादुर र अविनाश विक्रम शाहले लेखेको फिल्ममा देवकी राई र अनुप थापा पनि निर्माता छन्। काजकिस्तानका अजिज झाम्बाकिभको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, जेसन कुँवरको संगीत रहेको फिल्ममा खड्काराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, विपिन कार्की र प्रवीण खतिवडालगायतको मुख्य अभिनय छ।

त्यस्तै २० मिनेटको निर्देशक प्रजापतिको ‘द सेम’ भने एसियन सर्ट फिल्म प्रतियोगितामा छनोट भएको छ। महोत्सवमा ७५ देशको तीन सय चार फिल्महरू छनोट भएका छन्। कोरियामा हुने बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औं संस्करण आगामी असोज १४ देखि २३ सम्म हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *