pushpa_kamal_dahalएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरेका छन् । संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै प्रचण्डले जायज माग सम्बोधन गर्ने ठाउँ बाँकी रहेको बताए । उनले यो प्रक्रियामा थारु समुदायले अपमानित महसुस गरेको र मधेसमा पनि आवाज उठेको बताए ।
तर, संविधानको विधेयक परिर्माजन गरेर माग सम्बोधन गर्ने बाटो बाँकी रहेको बताए ‘मधेसी मोर्चाका साथीहरु यो प्रक्रियाबाट अलग हुनेबारे नसोच्नु होला । विधेयक संशोधन र परिमार्जन गर्ने ठाउँ छ’ उनले भने-‘थारु र मधेसी मोर्चाका साथीहरु जिम्मेवारी बोधका साथ वार्तामा आउनुस् ।’
एमाओवादी अध्यक्ष प्रचण्डले इमान्दारीताका साथ वार्ताको पहल गर्न सरकारलाई पनि आग्रह गरेका छन् । तर, अब संविधान निर्माण प्रक्रियालाई कसैले रोक्न नसक्ने र नहुने उनले बताए ।

अनलाइनखबरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *