tikapur suspect 03

टीकापुरमा भएको हिंसात्मक घटना घटाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाइएको छ। मंगलबार धनगढीमा सुदूर पश्चिम क्षत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जनालाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भैरहेको जनाएका हुन्। तर उनले नाम भने खुलाउन चाहेनन्।

tikapur suspect 02

‘पक्राउ गरी अनुसन्धान भैरहेको छ,’ डिआइजी खनालले भने, ‘दोषी ठहर भए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।’ यसैबीच डीआइजी खनाल ४ जनालाई पक्राउ गरेको पुष्टि गरेपनि स्रोतका अनुसार पाँच जनालाई पक्राउ गरिएको छ।
tikapur suspect 01

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राजकुमार कठरिया, रामकुमार कठरिया, सुन्दरलाल कठरिया, हरिनारायण चौधरी र दिलबहादुर चौधरी रहेका छन्।
प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ गरेलगत्तै प्रहरीले उनीहरुलाई चरम यातना दिएको छ। उनीहरुलाई बन्दुकको कुण्डाले कुटपिट तथा बुटले कुल्चेर यातना दिइएको जनाइएको छ।

तस्बिर : दिलबहादुर छत्याल/नागरिकन्युज




Leave a Reply

Your email address will not be published. Required fields are marked *