Tharuhat Federal State 01सरकारले थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै बाँके जिल्लाको कोहलपुरमा रहेका सरकारी कार्यालयहरु थरुहटका कार्यकर्ताले कब्जा गरेर ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् ।
संयुक्त थरुहट संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले थारुहरुको पहिचान नै मेटिने गरी प्रदेशको सीमाङ्कन गरिएकाले त्यसको विरोध जनाउनका लागि सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरिएको बताए ।
संयोजक चौधरीले कोहलपुरका सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा थरुहट स्वात्त प्रदेश नामाकरण गरेको जानकारी दिए ।
आन्दोलनकारीले कोहलपुर नगरपालिका, विद्युत प्राधिकरण, टेलिकम, गोलपार्क तथा कोहलपुर चौराहमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरका छन् ।

उनले राज्यले धर्तीपुत्रका रुपमा रहेको थारु समुदायलाई अत्यन्तै कमजोर बनाउने उद्देश्य राख्दै थारुको पहिचान नै मेटिने गरी प्रदेशको सिमाङ्कन गरेकोले वर्षातको झरी पनि नभनि आन्दोलनमा होमिनु परेको बताए । उनले भने-‘ पहिचान नै मेटिने गरी सीमाङ्कन गरियो अबको लडाइँ पहिचान स्थापित नभएसम्मको लागि सडक मै बस्ने र सडकलाई नै आन्दोलन भरी आफ्नो घर बनाउने भन्दै सबै सरदाम लिएर आएका छौ ।’

Tharuhat Federal State 02
उनले आन्दोलन अवधि भरि सडकमै बस्ने र खाना पनि नजिकै आसपासमै पकाउने योजनामा रहेको बताए । कोहलपुरमा आन्दोलनको अर्को मोर्चा सम्हाल्दै आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता समेत रहेका फुलाराम चौधरीले आन्दोलन आफुहरुको पहिचान कायम गर्नको लागि बाध्य भएको बताउदै पहिचानको लडाईमा सबैले सहयोग गर्नु आग्रह गरे ।
उनले भने-‘ यो कुनै पार्टी तथा ब्यक्ति विषेशको लडाई होईन तर्सथ सबैको सहयोग र समर्थन आवश्यक चाहिएकोले सबैलाई सहयोगको लागि आन्दोलनमा आउन आग्रह गर्छु ।’ उनले आन्दोलन शान्तिपूर्ण हुने बताए ।
थारुहरुले कोहलपुरमा सञ्चालन गरेको आन्दोलनको ११ औ दिनपनि पूर्व-पश्चिम राजमार्ग ठप्प छ । उनहरुले शनिबारदेखि मोटरसाईकल र रिक्सालाई समेत आन्दोलनमा निषेध गर्दै ठप्प पारेका छन् ।

अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *